fbpx
corona information
‘कोरोनाभाइरस उहानबाट फैलिएको भन्ने ट्रम्प प्रशासनको दाबी पूर्णत: बनावटी र मनगढन्ते’
‘कोरोनाभाइरस उहानबाट फैलिएको भन्ने ट्रम्प प्रशासनको दाबी पूर्णत: बनावटी र मनगढन्ते’

कोरोनाभाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी 'पूर्णतः बनावटी र मनगढन्ते' रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गरेका छन् । निर्देशक वाङ यीले आइतबार राज्यसञ्चालित सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, 'इन्स्टिच्यूटलाई यो भाइरसबारे...

पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री ओनिल भष्टाचार आरोपमा पक्राउ
पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री ओनिल भष्टाचार आरोपमा पक्राउ

पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री पिटर ओनिललाई भष्टाचार आरोपमा शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी स्वदेश फर्किए लगत्तै पक्राउ गरिएको थियो । उनले इजरायलबाट खरिद गरेको सामानलाई अनधिकृत रूपले ल्याएको आरोपपछि छानविनका लागि पक्राउ गरिएको ‘रोयल पपुवा न्यूगिनी कोन्स्टाबुलरी’का...

विश्वभर २२ लाख ४७ हजार कोरोना संक्रमित ‘डिस्चार्ज’
विश्वभर २२ लाख ४७ हजार कोरोना संक्रमित ‘डिस्चार्ज’

विश्वभर कोरोना संक्रमित २२ लाख ४७ हजारभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ । जनवरी २२ बाट विश्वभर फैलिएको नोबेल कोरोना भाइरसबाट ५४ लाख एक हजार २२२ जनामा संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । वर्ल्डोमिटरको तथ्यांकअनुसार कोरोनाको संक्रमणबाट...

कतारमा आप्रवासी श्रमिकद्वारा विरोध प्रदर्शन
कतारमा आप्रवासी श्रमिकद्वारा विरोध प्रदर्शन

विरलै विरोधका आन्दोलनहरू हुने खाडी मुलुक कतारको राजधानी दोहास्थित एक जिल्लामा आप्रवासी श्रमिकहरूले आफ्नो ज्याला नपाएको भन्दै विरोध गरेका त्यहाँको सरकारी स्रोतले शनिबार बताएको छ । सामाजिक सञ्जालमा भाइरल बनेका तस्बिरमा करिब १०० भन्दा बढी व्यक्तिहरू राजधानी दोहाको महेरेब जिल्लामा...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चर्चहरु पुन: खोल्न निर्देशन
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चर्चहरु पुन: खोल्न निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । यससम्बन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उनले चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिएका हुन् । चर्चहरुलाई उनले अत्यावश्यक कार्यालयअन्तर्गत...

एकै दिनमा भारतमा ६ हजार ६५४ जना थपिए नयाँ संक्रमित
एकै दिनमा भारतमा ६ हजार ६५४ जना थपिए नयाँ संक्रमित

भारतमा कोरोना भाइरसका कारण एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा...

कोरोना संक्रमितको संख्या ५३ लाख पुग्यो, साढे २१ लाख डिस्चार्ज
कोरोना संक्रमितको संख्या ५३ लाख पुग्यो, साढे २१ लाख डिस्चार्ज

विश्वभर कोरोना संक्रमितको संख्या ५३ लाखको हाराहारीमा पुगेको छ । गएको २४ घण्टामा मात्रै एक लाख सात हजार ७१३ जना नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ५२ लाख ९८ हजार २०४ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । स्वास्थ्य संगठनका...

पाकिस्तानको कराँचीमा जहाज दुर्घटना
पाकिस्तानको कराँचीमा जहाज दुर्घटना

पाकिस्तानको कराँचीमा जहाज दुर्घटना भएको छ । कराँची एयरपोर्टमा ल्यान्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनीको विमान दुर्घटनामा परेको हो । पाकिस्तानी उड्डयन प्राधिकरणका प्रवक्ता साइद अब्दुल सतार खोखरका अनुसार जहाजमा ९९ जना यात्रु र चालक दलका ८ सदस्य थिए ।...

विश्वभर २४ घण्टामै थपिए एक लाख ७ हजार कोरोना संक्रमित
विश्वभर २४ घण्टामै थपिए एक लाख ७ हजार कोरोना संक्रमित

विश्वभर बितेका २४ घण्टामै कोरोनाभाइरसबाट हुने कोभिड १९ संक्रमितको संख्या १ लाख ७ हजारले थपिएको छ । बिहीबार बिहानसम्म ५० लाख ८२ हजार संक्रमित रहेकोमा शुक्रबार बिहान बढेर ५१ लाख ९० हजार नाघेको हो । सबैभन्दा धेरै अमेरिकामा २८ हजार...

कोरोनाका कारण अमेरिकामा बेरोजगार हुनेको संख्या ४ करोडनजिक
कोरोनाका कारण अमेरिकामा बेरोजगार हुनेको संख्या ४ करोडनजिक

अमेरिकामा कोभिड १९ को संक्रममणको प्रभाव देखिएसँगै बेरोजगारको संख्या उच्च दरमा बढेको छ । सरकारी तथ्यांकअनुसार मार्चको मध्यदेखि गत हप्तासम्ममा बेरोजगार हुनेको संख्या तीन करोड ८६ लाख पुगेको छ । अमेरिकामा गत हप्ता मात्रै थप २४ लाख ३० हजारले बेरोजगार...