fbpx
Nepal Mediciti

गृहपृष्ठ बैंक/वित्त

अब २३ बाँकी

११ महिनामा वित्तीय संस्थाका १९ सय १३ शाखा थपिए

गत आवको जेठसम्म १८० पालिकामा बैंकका शाखा खुले

reporter सम्झना घिमिरे

११ महिनामा वित्तीय संस्थाका १९ सय १३ शाखा थपिए

गत आर्थिक वर्षको जेठसम्ममा मुलुकका बैंक तथा वित्तीय संस्थाका १९ सय १३ शाखा थपिएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको २०७५/०७६ को ११ महिनाको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले शाखा स्थापनालाई तीव्रता दिएको पाइएको हो ।

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ७० करोड
माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ७० करोड

माछापुच्छ्रे बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा पहिले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार बैंकले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३६ प्रतिशतले...

म्याग्दी र नवलपरासीमा कामना सेवाको शाखा स्थापना
म्याग्दी र नवलपरासीमा कामना सेवाको शाखा स्थापना

कामना सेवा विकास बैंकले म्याग्दी र नवलपरासीमा शाखा स्थापना गरेको छ । बैंकले म्याग्दीको बेनी नगरपालिका–८ बेनीबजार र नवलपरासीपूर्वको गैंडाकोट नगरपालिका–४ बेल्डिहामा शाखा विस्तार गरेको हो । बैंकले साउन ३ गते दुवै शाखा कार्यालय स्थापना गरेको हो । बेनी शाखाको...

सिभिल बैंकलाई आईएसओ ९००१:२०१५ प्रमाणपत्र
सिभिल बैंकलाई आईएसओ ९००१:२०१५ प्रमाणपत्र

सिभिल बैंकले आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । बेलायतको युनायटेड रजिस्ट्रार सिस्टमले बैंकको संस्थागत संरचना, कार्यप्रणाली, सेवाको स्तर, संस्थागत सुशासनलगायत विषयमा ६ महिना अध्ययन र तीन चरणको सुधारपछि आईएसओ ९००१:२०१५ प्रमाणपत्र दिएको हो । आईएसओ ९००१:२०१५ पाउनु ठूलो उपलब्धि...

आइएमई मोटर्स र कामना सेवा विकास बैंकबीच सम्झौता
आइएमई मोटर्स र कामना सेवा विकास बैंकबीच सम्झौता

कामना सेवा विकास बैंक र आइएमई मोटर्स प्रालिबीच व्यापार सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई मोटर्समार्फत सिफारिस भई आएका ग्राहकले बैंकको सबै शाखा कार्यालयबाट सहज र छरितो रुपमा अशोक लैलेन्डका विभिन्न प्रकारका सवारी साधनमा कर्जा सुविधा लिन सक्नेछन् । सम्झौता...

ग्लोबल आइएमई बैंक र तरकारी तथा फलफूल व्यवसायीबीच सम्झौता
ग्लोबल आइएमई बैंक र तरकारी तथा फलफूल व्यवसायीबीच सम्झौता

ग्लोबल आइएमई बैंकले सरल तथा सुलभ कृषि कर्जा प्रवाह गर्ने उद्देश्यले तरकारी तथा फलफूल व्यवसायीसँग आवधिक कृषि कर्जा लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफूल थोक व्यवसायी संघका अमर बानियाँ र तरकारी फलफूल...

माछापुच्छ्रे स्मार्ट बचत खातामा १४ लाखबराबरको बिमा सुविधा
माछापुच्छ्रे स्मार्ट बचत खातामा १४ लाखबराबरको बिमा सुविधा

माछापुच्छ्रे बैंकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै ‘माछापुच्छ्रे स्मार्ट बचत खाता’मा १४ लाख १० हजार रुपैयाँबराबरको बिमा सुविधा थप गरेको छ । बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकलाई १० लाखसम्मको दुर्घटना बिमासहित १८ जटिल प्रकृतिका रोगको उपचारमा ३ लाख रुपैयाँ उपलब्ध...

सामुदायिक विद्यालयलाई हिमालयन बैंकको ५ लाख सहयोग
सामुदायिक विद्यालयलाई हिमालयन बैंकको ५ लाख सहयोग

हिमालयन बैंकले ग्रामीण भेगका सामुदायिक विद्यालयलाई ‘टिच फर नेपाल’ मार्फत ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ती विद्यालयमा अध्ययनरत विद्यार्थीको गुणस्तरीय शिक्षाका लागि स्वयंसेवक शिक्षक पठाउन टिच फर नेपाललाई आर्थिक सहायता प्रदान गरेको हो ।...

मध्यरातसम्म बैंक खोलेर चेक साट्न सरकारको आदेश
मध्यरातसम्म बैंक खोलेर चेक साट्न सरकारको आदेश

आज, असार ३१ गते अर्थात् नेपाली आर्थिक वर्षको अन्तिम दिन । आज दुई खाले कार्यालयहरूमा भ्याइ–नभ्याइ छ, सरकारको विकाससम्बन्धि निकायहरू र तिनका लेखा शाखा तथा बैंक तथा वित्तीय संस्थाहरू । वर्ष दिनभरिको आर्थिक कारोबारको हिसाब मिलान गर्नुपर्ने भएकाले आज बैंक...

एनआइसी एशियाको १ अर्ब ७६ करोडबराबरको ऋणपत्र साउन ६ गते
एनआइसी एशियाको १ अर्ब ७६ करोडबराबरको ऋणपत्र साउन ६ गते

एनआइसी एशिया बैंकको प्रतिकित्ता १००० अंकित १ अर्ब ७६ करोड रुपैयाँबराबरको १७ लाख ६० हजार कित्ता ऋणपत्र साउन ६ गते खुल्ने भएको छ । ‘एनआइसी एशिया डिबेन्चर २०८३/८४’ नाम दिइएको उक्त ऋणपत्र न्यूनतम २५ कित्ता आवेदन गर्न मिल्ने धितोपत्र निष्काशन...