गृहपृष्ठ साउदी अरबका नेतासँग बाइडेनको भेटवार्ता
साउदी अरबका नेतासँग बाइडेनको भेटवार्ता
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार साउदी अरबका नेताहरूसँग भेटवार्ता गरेका छन् । साउदी अरबको जेद्दा सहरमा उनीहरूका बीचमा दुई पक्षीय हितका बारेमा कुराकानी भएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।
दुई दिने राजकीय भ्रमणका लागि साउदी अरब आएका अमेरिकी राष्ट्रपति बाइडेनलाई राजा सलमान बिन अब्दुलाजिज अल साउदले जेद्दास्थित अल सलाम दरबारमा स्वागत गरेका थिए । उनीहरूसँगको भेटवार्तामा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउद पनि सहभागी भएका थिए ।
बैठकका क्रममा राजा सलमान र राष्ट्रपति बाइडेनले दुई देशको सम्बन्धको समीक्षा गर्दै यसलाई थप बलियो, फराकिलो र राम्रो बनाउने बारेमा छलफल गरेका थिए । रियाद र वासिङ्टनको सहकार्य र सम्बन्धलाई बलियो बनाउने उपाय र आधारका बारेमा उहाँहरूले विचार विमर्श गरेकाे जनाइएको छ ।
मध्य पूर्वको आफ्नो पहिलो भ्रमण उनले साउदी अरबबाट अन्त्य गर्न लागेका छन् । बुधबार सुरु भएको उनको भ्रमण शनिबार सकिने बताइएको छ । उनी यसअघि इजरायल र वेस्ट ब्यांक गएका थिए । उनले साउदी अरबको भ्रमण अन्त्य गर्नुपूर्व गल्फ कर्पोरेसन काउन्सिलका सदस्य नेताहरूसँग सामूहिक छलफल गर्नेछन् । छलफलमा साउदी अरबसँगै इजिप्ट र इजरायलका नेता पनि सहभागी हुने जनाइएको छ ।
प्रकाशित समय : १६:०३ बजे