nmb bank

गृहपृष्ठ जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० सुरु

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० सुरु

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० सुरु

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० सुरु भएको छ ।

नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० जावलाखेल फुटबल मैदानमा उद्घाटन गरिएको छ ।

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको बुधबार ललितपुर महानगरपालिकाको उपप्रमुख मन्दिरा शाक्यले उद्घाटन गरे । नेपाललाई आत्मनिर्भर बनाउनका लागि तथा स्वदेशी उद्योगको प्रवर्दन गर्नका लागि महानगरको साथ र सहयोग सदैव रहने बताए । साथै नेपाली उत्पादनहरु प्रयोग गर्नका लागि पनि सबैलाई आग्रह गरे ।

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव आश्विन १० गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुदैछ । विहान ९ बजे देखि वेलुकी ७ बजे सम्म खुल्ला रहने महोत्सवमा न्युनतम २० प्रतिशत देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल्स, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र ब्रान्डहरुको सहभागिता रहेको छ ।

यस महोत्सवमा ग्राहकले नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु आकर्षक छुटका साथ शुपथ मुल्यमा खरिद गर्न सक्नेछन् ।

प्रकाशित समय : १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु