nmb bank

गृहपृष्ठ एआइजी विश्वराज पोखरेलले दिए राजीनामा

एआइजी विश्वराज पोखरेलले दिए राजीनामा

एआइजी विश्वराज पोखरेलले दिए राजीनामा

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । साेमबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर भोलिदेखि लागू हुने गरी उनले राजीनामा बुझाएका हुन् ।

यसअघि आफूभन्दा १८ महिना जुनियर धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाइएपछि उनी असन्तुष्ट थिए । त्यसलगत्तै उनले सिंहलाई हटाएर आफूलाई महानिरीक्षक बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । तर, सर्वोच्च अदालतले उनको रिट २७ असारमा खारेज गरिदिएको थियो ।

उनी यही साउन २० गते उमेर हदको कारण अनिवार्य अवकासमा जाँदै थिए ।

प्रकाशित समय : १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु