fbpx
corona information

गृहपृष्ठ लोकसेवाको विज्ञापन बन्द गरी १,९६४ अस्थायी दरबन्दी सिर्जना, कुन निकायमा कति ?

लोकसेवाको विज्ञापन बन्द गरी १,९६४ अस्थायी दरबन्दी सिर्जना, कुन निकायमा कति ?

नोवेल कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लोकसेवा आयोगको विज्ञापन बन्द गरेको सरकारले धमाधम अस्थायी दरबन्दी सिर्जना गरी कर्मचारी भर्ना गर्न थालेको छ । कोरोना महामारी र लकडाउनका कारण सरकारी ढुकुटी रित्तिएको भन्दै वैशाख २४ गते बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक खर्च घटाउन नयाँ कर्मचारी भर्ना र नियुक्ति बन्द गर्ने निर्णय गरे पनि धमाधम अस्थायी नियुक्ति गर्न थालिएको हो ।

सरकारले ‘रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी कार्य स्थगित गर्न लोकसेवा आयोगलाई अनुरोध गर्ने’ निर्णय गरेको थियो । तर, आफ्नै निर्णयविपरीत सरकारले धमाधम अस्थायी नियुक्ति गर्न थालेको छ ।

कुन निकायमा कति ?

साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले १ हजार ६८१ अस्थायी दरबन्दी सिर्जना । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत ७१५, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत ३७७, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत ३६७ र खानेपानी मन्त्रालयअन्तर्गत २२३ अस्थायी दरबन्दी स्वीकृत ।

साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकबाट २८३ अस्थायी दरबन्दी सिर्जना । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत २३९ र कानुन, न्याय तथा संसदीय मामिलाअन्तर्गत ४४ वटा दरबन्दी स्वीकृत ।

प्रकाशित समय १६:५२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु