fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदेश १ मा लोकसेवा आयोग विधेयक पारित

प्रदेश १ मा लोकसेवा आयोग विधेयक पारित

फाइल तस्बिर

प्रदेश एकको प्रदेशसभा बैठकले ‘प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरेको छ । प्रदेश सभाको मंगलबार बसेको बैठकले लोकसेवा विधेयक बहुमतले पारित भएको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव पेश गरेका थिए । मन्त्री कार्कीले विधेयक संवैधानिक आधार र मापदण्डमा आधारित भएर आएको बताए । उनले विधेयकलाई लचिलो र व्यावहारिक बनाउन प्रयास भएको छ भन्दै यसका पदाधिकारीहरु समावेशी आधारमा एक महिलासहित तीन जनाको हुने जानकारी दिए ।

प्रदेश लोकसेवा आयोग विधेयक न्याय, प्रशासन तथा विधायन समितिमा व्यापक छलफल गरी प्रतिवेदन समितिका सभापति इन्द्रमणि पराजुलीले सदनमा पेश गरेका थिए ।

प्रकाशित समय ०७:३२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु