fbpx
Nepal Mediciti

गृहपृष्ठ लोकसेवाको विज्ञापन सच्याउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

लोकसेवाको विज्ञापन सच्याउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

gyapan patra newskarobar ?

लोकसेवा आयोगको विज्ञापन सच्याउन माग गर्दै विभिन्न तीन संस्थाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएका छन् । लोकसेवा आयोगले जेठ १५ मा खुलाएको विज्ञापनमा आरक्षणको ब्यवस्थालाई बदनियतपुर्वक निषेध गरिएको भन्दै त्यसलाई सच्याउन मागगर्दै सरोकारवालाले संयुक्त ज्ञानपत्र बुझाएका हुन् ।

राष्ट्रिय अपांग महासंघ नेपाल प्रदेश–१, अखिल नेपाल पिछडा वर्ग महासंघ प्रदेश–१ र दलित गैरसरकारी संस्था महासंघ प्रदेश–१ ले बुधबार संयुक्तरुपमा सो बिषयको ज्ञापनपत्र बुझाएको हो । महासंघका पदाधिकारीले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेर मुख्यमन्त्री शेरधनराई ज्ञापनपत्र बुझाएका छन् ।

मुख्यमन्त्रीलाई बुझाइएको ज्ञापनमा लोकसेवा आयोगले खुलाएको विज्ञापनमा समूह निर्माण (क्लस्टरिङ) मा गम्भीर षड्यन्त्र भएको त्यसैगरि परिवर्तनबाट स्थापित संघीय ब्यवस्थालाई आयोगको विज्ञापनले पुर्ण निस्तेज पारेको दाबी गरिएको छ । मुख्यमन्त्रीलाई हस्तान्तरण गरिएको ज्ञापनपत्रको लेटरहेडमा अपाङता भएका ब्यक्ति,पिछडा बर्ग,दलित समुदाय र पिछडिएको क्षेत्रको तर्फबाट ‘आरक्षण बचाऔं आन्दोलन’को शीर्षक प्रिन्ट गरिएको छ ।

ज्ञापनपत्रमा आयोगले पुर्न्विचार गरी विज्ञापन नसच्याएको खण्डमा थप चरणबद्ध आन्दोलनको घोषणा गरिने चेतावनी समेत दिइएको छ । ज्ञापनपत्रमा राष्ट्रिय अपांग महासंघ प्रदेश एक अध्यक्ष पार्वता श्रेष्ठ,अखिल नेपाल पिछडा वर्ग महासंघ प्रदेश एकका तर्फबाट मदनकिशोर कामत र दलित गैसस महासंघबाट कार्यवाहक अध्यक्ष निर्मला रामले हस्ताक्षर गरेकी छन् ।

प्रकाशित समय २२:१४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु