fbpx
Nepal Mediciti

गृहपृष्ठ लोकसेवा आयोगका प्रवक्ता भन्छन्- संसदीय समितिको निर्देशन मान्न बाध्य छैनौं

लोकसेवा आयोगका प्रवक्ता भन्छन्- संसदीय समितिको निर्देशन मान्न बाध्य छैनौं

loksewa-aayog-newskarobar.com

लोकसेवा आयोगले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन पालना गर्न आयोग बाध्य नहुने स्पष्ट पारेको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा आयोगका प्रवक्ता किरणराज शर्माले भने, ‘स्थानीय तहको कर्मचारी नियुक्तसम्बन्धी विज्ञापन संविधानसम्मत छ, संविधानको परिधिभित्र रहेर आफ्नो निर्णय आफैं गर्न आयोग स्वतन्त्र छ ।’

यद्यपि, विज्ञापनको सम्बन्धमा आयोगको पूर्ण बैठक बसेर आवश्यक निर्णय लिने उनले जानकारी गराए । विज्ञापनका लागि फाराम भरेका उम्मेदवार, सरकार, संसदीय समिति कसैलाई पनि अप्ठयारोमा पार्ने पक्षमा आयोग नरहेको उनले स्पष्ट पारे ।

आयोगका पूर्व कार्यबाहक अध्यक्ष टिकादत्त निरौलाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनलाई प्रशासनिक ‘कु’ को संज्ञा दिए । ‘२०१७ साल तत्कालीन राजा महेन्द्रले राजनीतिक ‘कु’ गरेका थिए,’ उनले भने, ‘अहिले संसदीय समितिले लोकसेवाको विज्ञापन रद्द गर्ने निर्णय गरेर प्रशासनिक ‘कु’ गरेको छ ।’

कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले संविधानविपरीत भएकाले संसदीय समितिले सो विज्ञापन रद्द गर्न आयोग र सरकारलाई निर्देशन दिएको तर्क गरिन् ।

प्रकाशित समय १८:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु