fbpx
Nepal Mediciti

गृहपृष्ठ लोकसेवा आयोगको विज्ञापनमाथि सरकारले हस्तक्षेप गर्दैन : उपप्रधानमन्त्री

लोकसेवा आयोगको विज्ञापनमाथि सरकारले हस्तक्षेप गर्दैन : उपप्रधानमन्त्री

Iswar pokhrel newskarobar

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संवैधानिक अंगले कानुन सम्मत् तरिकाले गरेको कामप्रति कार्यपालिकाले अनुचित ढंगले हस्तक्षेप नगर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेश स्तरमा लोकसेवा आयोग नबनेकोे अवस्थामा कर्मचारी पदपूर्तिका लागि लोकसेवा आयोगले गरेकोे कर्मचारीको मागलाई अनुचित भन्न नमिल्ने प्रस्ट पारे ।

लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया समावेशी सिद्धान्तअनुसार अघि बढाएको भनेर प्रस्ट पारिसकेको अवस्थामा यस विषयमा बाहिर आएको कुरामा सत्यता नभएको उनले बताए । उनले केन्द्रीय तहमा रहेको कर्मचारीले मात्र प्रदेश र स्थानीय तहमा अपुग हुने भएकाले आयोगले संविधानको व्यवस्थाअनुरुप समावेशी सिद्धान्तभित्र बाट कर्मचारी पदपूर्ति गर्न खोजेकाले यसप्रति कार्यपालिकाले हस्तक्षेप गर्न नमिल्ने बताए ।

उपप्रधानमन्त्री पोखरेलले संविधानको व्यवस्थाअनुसार प्रदेश स्तरमा लोकसेवा आयोग बन्ने संवैधानिक व्यवस्था रहे पनि अहिलेको अवस्थामा लोकसेवा आयोग नबनिसकेकाले आयोगले कर्मचारी भर्नाका लागि प्रक्रिया अघि बढाएको स्पष्ट पारे । उनले संविधानमा गरिएको व्यवस्थालाई कार्यपालिका, न्यायपालिका र संवैधानिक अंग सबैले पालना गर्नुपर्ने बताए ।

त्यस्तै, सरकारले ल्याएको विधेयकले मिडिया काउन्सिललाई थप व्यवस्थित बनाउने उपप्रधानमन्त्री पोखरेलले जिकिर गरे । प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि लडेको शक्ति अहिले सरकारमा रहेकाले विधेयकले प्रेसलाई नियन्त्रण गर्ने कुरा कल्पनासमेत गर्न नसकिने उनले बताए । उनले विधेयकले अनुचित र गैरजिम्मेवार ढंगले गर्ने कार्यलाई भने नियन्त्रण गर्ने उनको भनाइ छ । ‘विधेयकले नेपाली प्रेस जगतलाई व्यवस्थित र मर्यादित बनाउँछ,’ उनले भने, ‘विधेयकलाई व्यवस्थित बनाउन आउने सल्लाह र सुझावलाई समेत आत्मसात गरेर सरकार अघि बढ्छ ।’

प्रकाशित समय १९:४० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु