fbpx

गृहपृष्ठ ९ हजार नयाँ कर्मचारीका लागि लोकसेवाको विज्ञापन

९ हजार नयाँ कर्मचारीका लागि लोकसेवाको विज्ञापन

नयाँ पदपूर्तिपछि पनि ७ हजार कर्मचारी अपुग हुने

loksewa-aayog-newskarobar.com

लोकसेवा आयोगले करिब ९ हजार कर्मचारीको लागि विज्ञापन सार्वजनिक गरेको छ । स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न आयोगले करिब ९ हजार कर्मचारीका लागि विज्ञापन गरेको हो ।

बुधबार प्रकाशित विज्ञापनमा खुलातर्फ ९ हजार र बढुवातर्फ ६ हजार कर्मचारी माग गरिएको छ । असार तीन गतेसम्म उम्मेदवारले दरखास्त दिन सक्ने लोकसेवाले जनाएको छ । परीक्षाबाट छनौट भएकालाई प्राथमिकताअनुसार जुनसुकै स्थानीय तहमा पनि पठाउन सकिने व्यवस्था गरिएको छ ।

लोकसेवाले सिफारिस गरेका व्यक्तिलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिने प्रबन्ध मिलाइएको छ । उनीहरुले स्थानीय तहको कानून बमोजिम सेवा सुविधा पाउने विज्ञापनमा उल्लेछ छ ।

स्थानीय तहपछि प्रदेशमा कर्मचारीको पदपूर्ति गर्ने तयारी छ । स्थानीय तहमा समग्रमा १६ हजार २६२ कर्मचारी अपुग छन् । ९ हजार कर्मचारीको पदपूर्ति गरे पनि ७ हजार कर्मचारी अपुग हुनेछन् । लोकसेवाको विज्ञापन यहाँ हेर्न सकिन्छ । 

कर्मचारी समायोजनमार्फत् संघमा ३९ हजार ९६० र प्रदेशमा २२ हजार २९७ मध्ये १३ हजार ८२१ कर्मचारी समायोजन समायोजन गरिएको छ । संघ र प्रदेशमा गरी १७ हजार जति कर्मचारी अपुग छन् ।

सरकारले जनताका सबैभन्दा बढी सेवा प्रवाह हुने स्थानीय तह भएकाले पहिले स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न प्रक्रिया थालेको जनाएको छ । प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म स्थानीय तहका कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले गर्ने कानूनी व्यवस्था छ ।

तीनदेखि छ महिनासम्ममा कर्मचारी छनोट गरी स्थानीय तहमा पठाइने लक्ष्य राखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय ०८:४१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु