fbpx
corona information

गृहपृष्ठ पोखरा महानगर कार्यालयमा अत्यावश्यकबाहेकका सेवा बन्द

पोखरा महानगर कार्यालयमा अत्यावश्यकबाहेकका सेवा बन्द

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ र केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएलगतै पोखरा महानगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएका छ । दिनप्रतिदिन गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना सक्रमितको संख्या बढ्दै गइररहेको छ । आइतबार वाट सिमित कर्मचारीले अत्यावश्यक सेवा दिनेगरी अन्य सेवा बन्द गर्ने पोखरा महानगरपालिको बोर्डले निर्णय गरेको छ ।

महानगरपालिका कार्यालयका कार्यरत अधिकांश शाखाका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाले बोर्ड बैठकले अत्यावश्यक बाहेका अन्य सेवा बन्द गर्ने निर्णय गरेको निर्णय भएको पोखरा महानगरपालिका बोर्डले जनाएको छ । महानगरका विभिन्न शाखा र महाशाखाका कर्मचारी कोरोना संक्रमित वा संक्रमितको ट्रेसिङमा परेका कारण अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द भएको हो ।

प्रकाशित समय ०८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु