fbpx
corona information

गृहपृष्ठ अझै ३७ स्थानीय तहले बजेट पेश गरेनन्

अझै ३७ स्थानीय तहले बजेट पेश गरेनन्

sthaniya-taha-newskarobar

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गरेका छैनन् । मन्त्रालयले पटक-पटक ताकेता गर्दा पनि अझै ३७ स्थानीय तहले बजेट पेश नगरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

प्रवक्ता अधिकारीका अनुसार विवरण पेश नगर्ने सबैभन्दा धेरै स्थानीय तह प्रदेश नं २ का रहेका छन् । प्रदेश नं २ मा १३६ स्थानीय तहमध्ये १०४ ले मात्र विवरण पेश गरेका छन् भने ३२ स्थानीय तहले अझै गरेका छैनन् । गत असारमा बजेट पास गरेका स्थानीय तहले अनिवार्य रूपमा बजेट मन्त्रालयमा पेश गर्नुपर्ने हुन्छ ।

यस्तै बजेट पेश नगर्नेमा प्रदेश नंं १ का दुई, प्रदेश नं २ का ३२, वाग्मती प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तह रहेको छ । प्रदेश नंं १ का भोटखोला गाउँपालिका, संखुवासभा र मेन्छयायेम गाउँपालिका, तेह्रथुम रहेका छन् । वाग्मती प्रदेशको लिखु तामाकोशी गाउँपालिका, रामेछाप र आमाछोदिङमो गाउँपालिका, रसुवा, सुदूरपश्चिम प्रदेशको बूढीगंगा नगरपालिका, बाजुरा रहेका छन् ।

कानुनअनुसार यसबाहेक अन्य स्थानीय तहले गत असार १० गतेभित्र बजेट पारित गरेको मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित समय १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु