fbpx
corona information

गृहपृष्ठ गोकर्णेश्वर नगरपालिकाले रेडियो सञ्चालन गर्ने

गोकर्णेश्वर नगरपालिकाले रेडियो सञ्चालन गर्ने

गोकर्णेश्वर नगरपालिकाले आफ्नै एफएम रेडियो सञ्चालन गर्ने भएको छ । नगरपालिकाको पाँचौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार सूचना तथा सञ्चार नीतिमा स्थानीय सरकारका कामलाई जनतासमक्ष सहजरुपमा पुर्‍याउनका लागि रेडियो स्टेसन स्थापना गर्ने उल्लेख थियो ।

त्यस्तै सूचनामैत्री नगरपालिका निर्माणका लागि धार्मिक, सांस्कृतिक तथा अन्य गतिविधिको प्रचार गर्ने नीति लिएकाले नगरका सबै वडामा निःशुल्क वाइफाइ सेवा विस्तार गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले जानकारी दिए । नगरपालिकाले स्थानीय पत्रपत्रिका तथा सञ्चारमाध्यमको क्षमता वृद्धिका लागि विकास पत्रकारिता तालिम सञ्चालन गर्ने योजना बनाउनुका साथै एकीकृत नगर सूचना केन्द्र निर्माण गर्ने योजना पनि अगाडि सारेको छ ।

प्रकाशित समय १२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु