fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ महालक्ष्मी नगरपालिकाद्वारा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन

महालक्ष्मी नगरपालिकाद्वारा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन

ambulance-newskarobar फाइल तस्बिर ।

ललितपुरको महालक्ष्मी नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । मुलुकमा दिनानुदिन बढिरहेको कोभिड‑१९ महामारीका बिरामीलाई मात्र बोक्न महालक्ष्मीले एम्बुलेन्स सेवा प्रयोगमा ल्याएको हो । कोरोना संक्रमितको स्वास्थ्यलाई ध्यानमा राख्दै निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरिएको नगरपालिकाका उपप्रमुख निर्मला थापाले बताइन् ।

महालक्ष्मी नगरपालिकामा हालसम्म कोभिड संक्रमित संख्या ३६१ छ, जसमध्ये १८६ पुरुष र १७५ महिला छन् । संक्रमितमध्ये २२३ जना उपचारपछि घर फर्किएको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले जानकारी दिए । ‘यहाँ सक्रिय संक्रमित १३६, होम आइसोलेसनमा बसिरहेका ११६ र विभिन्न अस्पतालमा उपचार गराइरहेका २० जना छन्,’ उनले भने । महालक्ष्मी नगरपालिकामा कोभिड‑१९ बाट हालसम्म दुई जनाको ज्यान गएको छ ।

प्रकाशित समय २१:०६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु