fbpx
corona information

गृहपृष्ठ पीसीआर मेसिन किन्न विराटनगरका उद्योगी राजेन्द्र राउतले दिए सात लाख

पीसीआर मेसिन किन्न विराटनगरका उद्योगी राजेन्द्र राउतले दिए सात लाख

कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्न विराटनगर महानगरपालिकालाई उद्योगी एवं समाजसेवी राजेन्द्र राउतले सात लाख सहयोग गरेका छन् । समाजसेवी राउतले शुक्रबार उक्त रकमको चेक विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरेका छन् ।

यसअघि पनि उनले प्रदेश १ सरकारलाई पीसीआर मेसिन खरिद गर्न ११ लाख रुपैयाँ दिइसकेका छन् । कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समाजसेवी राउतले विभिन्न स्थानीय तहलाई पनि सहयोग गर्दै आएका छन् ।

अहिले विराटनगर महानगरपालिका र आसपासका क्षेत्रमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । संक्रमण बढेसँगै कोरोना परीक्षण गर्ने पीसीआर मेसिन खरिदका लागि महानगरपालिकामाथि दबाब बढ्दै गएको छ । यसअघि पीसीआर मेसिन खरिदका लागि महानगरपालिकाका प्रमुख पराजुलीले आफूले पाउने एक वर्षको सेवा सुविधाबापतको ७ लाख रुपैयाँ प्रदान गर्ने बताएका थिए । त्यस्तै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले पनि निजी क्षेत्रको सहयोगमा संघले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थियो ।

प्रदेश १ मा थप ८९ जनामा कोरोना संक्रमित

प्रदेश १ मा २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएकामध्ये ३७ महिला र ५२ पुरुष छन् । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या दुई हजार ४८६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय २०:२७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु