fbpx
corona information

गृहपृष्ठ महालक्ष्मी नगरपालिकामा फुटपाथ व्यापार निषेध

महालक्ष्मी नगरपालिकामा फुटपाथ व्यापार निषेध

Rameshwor Shrestha Mayor Mahalaxmi NewsKarobar (10)

ललितपुरको महालक्ष्मी नगरपालिकाले काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा कोभिड-१९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै विशेष सतर्कताका लागि आग्रह गरेको छ । नगरपालिकाभित्र संक्रमण फैलने जोखिम उच्च रहेकाले कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विशेष सचेत रहन नगर प्रमुख रामेश्वर श्रेष्ठले आग्रह गरेका हुन् ।

  • अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कौं ।
  • अत्यावश्यक कामका लागि घरबाहिर निस्कनु पर्दा अनिवार्य मास्क प्रयोग गरौं । मास्कको प्रयोग उचित तरिकाले गरौं ।
  • बेलाबेलामा साबुन पानीले मिचीमिची हात धोऔं वा हयान्ड स्यानिटाइजरको प्रयोग गरौं ।
  • हरेक व्यक्तिबाट कोभिड सर्ने शंका गर्दै कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गरौं ।
  • आफ्नो स्वास्थ्य सुरक्षाप्रति सावधानी अपनाउँदै कोभिड-१९ संक्रमित र तिनका परिवारप्रति सकारात्मक एवं सहयोगी व्यवहार गरौं ।
  • नगर क्षेत्रभित्र सञ्चालित सबै प्रकारका निर्माण कार्य, ठेलागाडा, साइकललगायतका साधनमार्फत र फुटपाथमा गरिने व्यापार व्यवसाय साउन २७ गतेदेखि भदौँ १५ गतेसम्म निषेध गरिएको छ । यसलाई सम्बन्धित सबैले पालना गरौं ।

नगरवासीको स्वास्थ्य सुरक्षा नगरपालिकाको प्रथम दायित्व रहेकाले कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि सचेतना, स्वास्थ्य सुरक्षा, जोखिम न्यूनीकरण एवं उपचारका लागि हरसम्भव प्रयास गरिरहेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए । ‘मानव जातिविरुद्धको यस विषम परिस्थितिबाट सृजित चुनौतीको सामना गर्न सबै एकजुट भएर लागौँ,’ उनले भने ।

यस्तै नगरपालिकाले स्वास्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा साउन २७ गतेदेखि भदौ ९ गतेसम्म (१५ दिन) का लागि बन्द गरेको नगर प्रमुख श्रेष्ठले बताए ।

प्रकाशित समय १३:०३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु