गृहपृष्ठ काठमाडौँ महानगरपालिले सार्वजनिक गर्यो साढे १६ अर्बको बजेट
काठमाडौँ महानगरपालिले सार्वजनिक गर्यो साढे १६ अर्बको बजेट

काठमाडौं महानगरपालिकाले साढे १६ अर्ब रुपैयाँको आय तथा व्ययको विवरण सार्वजनिक गरेको छ । महानगरपालिकाले सातौँ अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७७/७८ को लागि १६ अर्ब ४२ करोड रुपैयाँको अनुमानित आय-व्यय विवरण सार्वजनिक गरेको हो ।
महानगरले बजेटको ६ अर्ब ७६ करोड रुपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने लक्ष्य लिएको छ । महानगरलाई केन्द्र र प्रदेश सरकारबाट निसर्त अनुदानबापत १ अर्ब ४२ करोड, ससर्त अनुदानबापत २ अर्ब ५७ करोड उपलब्ध हुनेछ । त्यस्तै, चालू आवको ३ अर्ब ५० करोड हस्तान्तरण हुने महानगरले जनाएको छ ।
महानगरपालिकाले आव २०७५/७६ का लागि १३ अर्ब २ करोड र ०७६/७७ का लागि १५ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
प्रकाशित समय १६:१३ बजे