fbpx
corona information

गृहपृष्ठ विराटनगर महानगरपालिकाले ल्यायो तीन अर्ब ३७ करोडको बजेट

विराटनगर महानगरपालिकाले ल्यायो तीन अर्ब ३७ करोडको बजेट

biratnagar-damkal-newskarobar फाइल तस्बिर

विराटनगर महानगरपालिकाको छैटौँ नगरसभाले आर्थिक वर्ष २०७७/७८ का लागि तीन अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

महानगरको बजेटमा आन्तरिक आम्दानी ८९ करोड ८२ लाख ९६ हजार ७०० तथा केन्द्र र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व ७६ करोड ८२ लाख ५२ हजार, वित्तीय समानीकरण ३८ करोड सात लाख ६८ हजार र संघीय सरकारको ससर्त अनुदानको हिस्सा एक अर्ब दुई करोड नौ लाख रुपैयाँ रहेको छ । त्यस्तै प्रदेश सरकारको ससर्त अनुदानबाट आउने दुई करोड १० लाख ९ हजार, संघीय सरकार विशेष अनुदानतर्फ १३ करोड, प्रदेश सरकार समपूरक अनुदानतर्फ तीन करोड, वैदेशिक र अन्य संघसंस्था अनुदानतर्फ तीन करोड २६ लाख ७८ हजार र जनसहभागिताबाट प्राप्त हुने नौ करोड ६२ लाख पाँच हजार रकम आम्दानी हुने महानगरपालिकाले जनाएको छ ।

खर्चतर्फ प्रशासनिकमा ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षामा ३६ करोड, वातावरण तथा फोहोरमैला व्यवस्थापनमा ल्यान्डफिल्ड साइडको जग्गा खरिदसहित ११ करोड ४९ लाख ५० हजार छ । त्यस्तै स्वास्थ्यतर्फ संघीय सरकारसमेतको ११ करोड ५७ लाख ९५ हजार र शैक्षिक विकास कार्यक्रमतर्फ ५६ करोड १३ लाख पाँच हजार, महिला बालबालिका एवं युवा विकास तथा खेलकुदमा दुई करोड नौ लाख २४ हजार, अन्य कार्यक्रममा ६ करोड ५२ लाख २१ हजार र भौतिक पूर्वाधारलगायत अन्य पुँजीगत खर्च एक अर्ब ७१ करोड ७९ लाख ६५ हजार विनियोजन भएको उपप्रमुख इन्दिरा कार्कीले जानकारी दिइन् ।

कार्यक्रममा प्रजातन्त्र सेनानी एवं ज्येष्ठ नागरिक रमाप्रसाद रिजाल, शान्ता अधिकारी, शिवदत्त भट्टराई, श्यामबहादुर सुब्बा लिम्बू, तोरेन्द्रमान प्रधान र गोपालप्रसाद शर्मालाई नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी जीवन निर्वाह भत्ताबापत जनही मासिक दुई हजार ५०० सहित सम्मान गरिएको छ ।

प्रकाशित समय १६:०३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु