fbpx
corona information

गृहपृष्ठ खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी सेर्पाको निधन

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी सेर्पाको निधन

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी सेर्पाको निधन भएको छ । क्यान्सर रोगबाट पीडित अध्यक्ष शेर्पाको मंगलबार बिहान साढे ८ बजे आफ्नै घरमा निधन भएको उपाध्यक्ष टसील्हामु सेर्पाले जानकारी दिइन् ।

३९ वर्षीय अध्यक्ष शेर्पा केही दिनअघि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गरेर गाउँ फर्किएका थिए । स्वास्थ्यमा समस्या भएपछि उनले उपाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएका थिए । अध्यक्ष शेर्पा २०७४ साल स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए ।

प्रकाशित समय ११:४१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु