fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ कैलालीका स्थानीय तहमा बढी खर्च देखाउने परम्परा कायमै

कैलालीका स्थानीय तहमा बढी खर्च देखाउने परम्परा कायमै

योजना कार्यन्वयनको सुरूवातसमेत हुन सकेन

कैलालीका स्थानीय तहहरुले योजना कार्यान्वयनमा ढिलाई गरेको जिल्ला समन्वय समितिले जनाएको छ । आर्थिक वर्षका योजना कार्यान्वयनमा ढिलाई गरी वर्षको अन्तिममा योजना कार्यान्वयन गरी बढी खर्च देखाउने परम्परा कायमै रहेको जिल्ला समन्वय समिति कैलालीले जनाएको हो ।

स्थानीय तहमा पहिलो चरणको कार्य अनुगमन र समन्वयको प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति कैलालीले सूचनाको हक प्रदानसँगै योजना कार्यान्वयनमा स्थानीय तहहरु चुकेको औंल्याएको हो । जिल्लाका अधिकांश स्थानीय तहहरुले हालसम्म पनि योजना कार्यान्वयन सुरुआतसमेत गर्न नसकेको समितिले जनाएको छ ।

संघीय सांसद तथा प्रदेश सांसदका योजनासमेत हालसम्म कार्यान्वयनमा आउन नसकेको जिल्ला समन्वय अधिकारी बिर बहादुर शाहीले बताए । सो योजनासँगै स्थानीय तहका अन्य योजना पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको उनले जानकारी दिए । अबको ५ महिनामा सो योजना कार्यान्वयन गर्नुपर्दा गुणस्तरीय काम नहुने संकेत देखिएको उनले बताए । स्थानीय तहमा बनाइएका विषयगत समितिहरुले समेत सक्रिय रहेर काम गर्न नसकेको उनले बताए ।

स्थानीय तहका सबैभन्दा दुर्बल पक्ष सूचनाको पहुँच नहुनु रहेको शाहीको भनाइ छ । हरेक स्थानीय तहले सूचना पार्टी राख्नुपर्ने भए पनि जिल्ला समयन्वय समितिको अनुगमन समितिलाई समेत स्थानीय तहहरुले सूचना नदिएको समन्वय समिति कैलालीले जानकारी दिएको छ । यी विविध दुर्वल पक्ष स्थानीय तहमा देखिएको उनले बताए ।

स्थानीय तहको अनुगमन सुरु गरेको जिल्ला समन्वय समिति कैलालीले अब चरणबद्ध रुपमा स्थानीय तहहरुको अनुगमन गरी भ्रष्टाचारमुक्त जिल्ला बनाउने अभियानमा लाग्ने जनाएको छ । जिल्लाका स्थानीय तहहरुमा देखिएको कानुन विपरीत हुने ढुङ्गागिट्टी उत्खननलाई समेत रोक लगाउने समितिले जनाएको छ । अधिकांश स्थानीय तहमा नियमविपरीत नदीहरुबाट ढुङ्गागिट्टी उत्खनन भइरहेको पाइएकाले यसलाई पनि नियन्त्रण गर्ने जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्य बहादुर थापाले बताए ।

गत वर्ष कैलाली भ्रमण वर्ष मनाएर पर्यटन प्रवर्द्धनमा जोड दिएको जिल्ला समन्वय समिति कैलालीले फेरि कर्णाली नदीमा पानीजहाज चलाउने योजना बनाएको छ । कर्णाली नदीमा ७१ किलोमिटर पानीजहाज चलाउने जिल्ला समन्वय समिति कैलालीले जनाएको छ । कोसाी नदीमा चलिरहेका जेटबोट जस्तै कर्णालीमा पानीजहाज चलाइने थापाले बताए ।

प्रकाशित समय १२:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु