fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ चाबहिल चोकमा राखिँदै स्थानान्तरण गर्न सकिने पुल

चाबहिल चोकमा राखिँदै स्थानान्तरण गर्न सकिने पुल

काठमाडौँ महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य सुरु गरेको छ । फलामबाट बन्ने यो पुल कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजार रुपैयाँमा निर्माण गर्न थालेको हो ।

निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ । सम्झौताअनुसार २०७७ असार २७ गतेभित्र पुल बनिसक्नेछ । आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटर हुनेछ ।

पुलको शिलान्यास बिहीबार महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले गरका छन् । प्रमुख शाक्यले पैदल यात्रुको सुरक्षा र सहरी सवारी आवागमनलाई सहज बनाउन महानगरले यात्रुको धेरै चाप हुने ठाउँमा क्रमशः आकाशे पुल निर्माण गर्दै जाने बताए ।

पुलहरु आवश्यकताका आधारमा अर्को ठाउँमा पनि सार्न सक्ने खालका हुनेछन् । ‘पूर्वाधार बनाउन शिलान्यास गर्ने तर काम नसकिएर उद्घाटन हुन नसक्ने समस्याबाट ग्रस्त बनेको वर्तमान सन्दर्भलाई समयमा नै पुल निर्माण सम्पन्न गरेर समयमा नै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सक्नुपर्छ,’ प्रमुख शाक्यले भने ।

त्यसैगरी महानगरपालिकाले चालू अर्थिक वर्षभित्र सक्नेगरी जयबागेश्वरी र माइतीघरमा पनि आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यो वर्ष आकाशे पुल निर्माणका लागि पाँच करोड रूपैयाँ विनियोजन गरेको छ । नयाँ‑पुराना गरी काठमाडौँ उपत्यकामा ३० वटा आकाशे पुल छन् ।

प्रकाशित समय ११:४९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु