fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाको ५ करोड सहयोग

काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाको ५ करोड सहयोग

काठमाडौं महनगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि पाँच करोड रुपैयाँ सहयोग गरेको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रम गरी महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माण समितिलाई सो रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख शाक्यले २०७२ सालको महाभूकम्पमा भत्किएका सम्पदाहरुको पुनर्निर्माणका लागि गठित पुनर्निर्माण समितिलाई तेस्रो किस्ताबापतको रकम सहयोग हस्तान्तरण गरेको जानकारी दिए । यसअघि महानगरपालिकाले पहिलो किस्ताबापतको ५० लाख र दोस्रो किस्ताबापतको ५ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।

‘ऐतिहासिक धरोहरका रुपमा रहेको काष्ठमण्डपको संरक्षण गर्ने दायित्व हाम्रो हो,’ चेक हस्तान्तरण गर्दै उनले भने, ‘पुर्खाले निर्माण गरेका सम्पदाको पुनर्निर्माण र संरक्षण गर्ने जिम्मा हाम्रो काँधमा आएको छ, कुनै पनि हालतमा बनाउनैपर्छ ।’

समितिका अध्यक्ष राजेश शाक्यले काष्ठमण्डपको ५५ प्रतिशत काम पूरा भइसकेको जानकारी गराए । ‘बाँकी काम चालू आर्थिक वर्षभित्र सक्नेछौं,’ उनले भने ।

प्रकाशित समय १८:३३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु