fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ मूल्य र गुणस्तरमा ठगी गर्नेलाई छोड्नु हुँदैन : उपप्रमुख खड्गी

मूल्य र गुणस्तरमा ठगी गर्नेलाई छोड्नु हुँदैन : उपप्रमुख खड्गी

kathmandu-municipality-newskarobar

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले वर्षैभर बजार अनुगमन वर्षैभर हुनुपर्ने बताएकी छन् । शुक्रबार बसेको अनुगमन समितिको बैठकमा उपप्रमुख खड्गीले बजारलाई पारदर्शी बनाउन चाडपर्वमा मात्र नभएर अन्य समयमा पनि अनुगमन सक्रिय हुनुपर्ने बताएकी हुन् । ‘पर्वका अवसरमा मात्र अनुगमनकर्ता सक्रिय हुने र अन्य समयमा निष्क्रिय हुने देखियो भने उपभोक्ताले विश्वास गर्दैनन्,’ उनले भने ।

जनताको दैनिक जीवनसँग जोडिएका सवालमा आँखा चिम्लिन नमिल्ने उनको भनाइ छ । ‘कसैलाई खाँचो छ भन्दैमा मूल्य र गुणस्तरमा ठगी गर्नेलाई छोड्नु हुँदैन,’ उपप्रमुख खड्गीले भनिन्, ‘पूर्वाधार विकास क्रमशः हुँदै जान्छ तर जनचासोका विषयमा तत्काल सावधानी अपनाउनुपर्छ ।’

बैठकमा वाणिज्य तथा आपूर्ति विभागका सहायक सूचना अधिकारी दीपक पोखरेलले बजारमा गरिएका १० वटा अनुगमनमध्ये ७ वटामा कुनै न कुनै प्रकारका त्रुटी भेटिएको बताए । ऐनको दफा ३९ मा बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, पैठारीकर्ता, विक्रेता वा सेवाप्रदायकले कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्काल ५ हजार रुपैयाँदेखि बढीमा ३ लाख रुपैयाँसम्म जरिवाना गराउने सक्ने व्यवस्था छ । यसरी गरिएको जरिवानासम्बन्धी सूचना तीन दिनभित्र विभागमा दिए पुग्छ ।

बैठकमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले तत्काल प्रयोगशालाको सेवा लिनुपर्ने वा नपर्ने अवस्था यकिन गरेर अनुगमन गर्दा प्रभावकारी हुने बताए । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अनुगमनमा सरोकारवाला सबैको सहभागिता हुनुपर्ने धाराणा राखे ।

बैठकपछि शुक्रबार नै सुन्धारा क्षेत्रमा भएका होटल, रेस्टुराँ तथा खाजा घरको अनुगमन गरिएको छ । त्यस क्रममा सरसफाइ, दर्ता र नवीकरण, पोसाक, खाद्यवस्तुको गुणस्तरमा कमजोरी पाइएको महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बताए ।

प्रकाशित समय १७:२९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु