fbpx
Nepal Mediciti

गृहपृष्ठ अनुगमन नहुँदा भद्रपुरमा गुणस्तरहीन निर्माण

अनुगमन नहुँदा भद्रपुरमा गुणस्तरहीन निर्माण

फिल्डमा इन्जिनियरसहितको टोली नखटिदा भद्रपुरमा निर्माणाधीन अवस्थामा रहेका विभिन्न योजनामा गुणस्तरहीन काम भइरहेको पाइएको छ ।

भद्रपुर नगर क्षेत्रमा अहिले दर्जनौ योजनाका कामहरु निर्माणाधीन अवस्थामा छन् । त्यसमध्ये अधिकांश निर्माणस्थलमा इन्जिनियरसहित टोली नखटिदा ठेकेदारले कमसल सामग्री प्रयोग गरिरहेको फेला परेको हो ।

भद्रपुर नगरपालिका कार्यालयले ठेक्का लगाएको नाला निर्माणको काम गुणस्तरहीन भइरहेको स्थानीयले नगरपालिकालाई जानकारी गराउनासाथ नगर प्रमुख जीवनकुमार श्रेष्ठले भत्काउन निर्देशन दिएका छन् । भद्रपुर वडा नम्बर ५, ६ र ८ जोडिएको संगम चोकदेखि जनताचोकसम्मको इँटा जडान गरिएको सडक नालाको काम भइरहेको थियो । तर, सो सडक नाला मापदण्डविपरीत बन्न थालेपछि नगर प्रमुख श्रेष्ठ निर्माणस्थल पुगेरै ठेकेदारलाई नाला भत्काउन लगाएका हुन् ।

एक नम्बर प्रदेश सरकारले गत आर्थिक वर्ष २०७५/०७६ मा समपुरक कोषमार्फत संगम चोकदेखि भद्रपुर बजार हुँदै मेची किनारसम्म सडक पुनः निर्माणका लागि सशर्त अनुदानबाट एक करोड बजेट विनियोजन गरेको थियो । सोही बजेटमार्फत् नगरपालिकाले न्यूनतम अंक करिब एक करोड १८ लाख तोकेर सूचना प्रकाशन गरेका थियो ।

२०७६ असार १८ गते एबी निर्माण सेवा भद्रपुरका सञ्चालक सुरेश श्रेष्ठले सो ठेक्का भ्याटसहित ७७ लाख ६७ हजारमा लिएको नगरपालिका इन्जिनियर योगेन्द्र रंजितकारले जानकारी दिए । करिब ५ सय ४० मिटर सडकको दुवैतर्फ इँटा प्रयोग गरि नाला बनाउने कामको सम्झौता यही पुस १९ गतेसम्म रहेको इन्जिनियर रंजितकारले बताए ।

प्रकाशित समय ०७:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु