fbpx
Nepal Mediciti

गृहपृष्ठ भेरी नगरपालिकाले बनायो तीन वर्षमा चौंतिस कानुन

भेरी नगरपालिकाले बनायो तीन वर्षमा चौंतिस कानुन

नगर क्षेत्रको दैनिक काम व्यवस्थित गर्न यहाँको भेरी नगरपालिकाले ३४ वटा कानुन निर्माण गरेको छ । विसं २०७४ देखि २०७६ साउनसम्म नगरपालिका कार्यविभाजन नियमावलीदेखि नगरप्रहरी सञ्चालन तथा व्यवस्थापनलगायत ३४ कानुन निर्माण भइसकेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

त्यस्तै कार्यसम्पादन नियमावली, प्रशासकीय कार्यविधि ऐन, स्थानीय शिक्षा ऐन, कृषि व्यवसाय प्रवर्द्धन ऐन, न्यायिक समिति कार्यविधि, सहकारी ऐन, सामुदायिक संस्था परिचालन तथा व्यवस्थापन, स्थानीय कानुन निर्माणको परामर्श सेवा शुल्क मापदण्ड, स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि पनि निर्माण भइसकेका छन् ।

त्यस्तै (घ) वर्गका निर्माण व्यवसायी इजाजतपत्र कार्यविधि, बजार अनुगमन निर्देशिका, एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि, करारमा कर्मचारी व्यवस्थापन कार्यविधि, आयोजना व्यवस्थापन कार्यविधि, पदाधिकारी र कर्मचारी सेवा सुविधा निर्देशिकासम्बन्धी कानुन बनेका छन् ।

आर्थिक सहायतासम्बन्धी कार्यविधि, कृषि विकास कार्यक्रम कार्यविधि, सार्वजनिक परीक्षण कार्यविधि, अपांगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि पारित भएको छ ।

सबै कानुन निर्माण भई स्थानीय राजपत्रमा समेत प्रकाशित भइसकेको उक्त नगरपालिकाका प्रशासकीय अधिकृत  डिल्लीराज बेल्बासेले जानकारी दिए ।

जाजरकोट सदरमुकामा ‘सुन्दर नेपाल नामक’ संस्थाले सुशासनका लागि उक्त नगरपालिकाले कति कानुन बनाएर लागू गरेको भन्ने अनुगमन तथा अन्तर्क्रियाका क्रममा सो तथ्य सार्वजनिक गरिएको थियो । (रासस)

प्रकाशित समय १३:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु