fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ इन्द्रजात्रा अवलोकनमा आएको विदेशी टोली सहर भ्रमणमा

इन्द्रजात्रा अवलोकनमा आएको विदेशी टोली सहर भ्रमणमा

indrajatra-newskarobar

विदेशी नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिले वसन्तपुर आसपासका सम्पदा र जीवनशैलीको अवलोकन गरेका छन् । काठमाडौं महानगरपालिकाको निम्तामा इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी जनप्रतिनिधिलाई महानगरले भित्री सहरी क्षेत्र र कुमारी रथयात्रा मार्गको अवलोकन गराएको हो ।

उनीहरुलाई बिहान ९ बजे महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले वसन्तपुरमा स्वागत गरे भने अवलोकन मार्गमा परेका वडाका अध्यक्ष तथा सदस्यले आफ्नो क्षेत्रमा पुगेपछि स्वागत गरेका थिए ।

महानगरको निमन्त्रणा स्वीकार गरेर जात्रा अवलोकनमा आएकामध्ये बंगालादेशको ढाका साउथ सिटीका प्रमुख मोहम्मद सहिद खोकनाबाहेक सबै पाहुनाले जात्रा अवलोकन गरेको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले बताए ।

विदेशी टोलीले वसन्तपुर, बःबही, ब्रह्मचक्रमहा बिहार, मञ्जुश्री महाबिहार, ओमबहाल, थानबहा, भीमसेन मन्दिर, सिंहसत्तल, काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, जनबहाल र आकाश भैरवको अवलोकन गरेको छ ।

indrajatra-newskarobar

indrajatra-newskarobar

indrajatra-newskarobar

प्रकाशित समय १५:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु