fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ ‘लोकसेवाले संविधान मानेन’

‘लोकसेवाले संविधान मानेन’

rin-rai-ratuwamai-newskarobar

संविधानले ग्यारेन्टी गरेअनुसार लोकसेवाले कर्मचारी भर्ना प्रक्रियामा आरक्षण हटाएर अधिकार खास्न खोजेको रतुवामाई नगरपालिकाका प्रमुख रीन राईले आरोप लगाएका छन् । २५औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ रतुवामाई नगर समन्वय समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख राईले लोकसेवा आयोगले स्थानीय तहको रिक्त दरबन्दी पूर्तिका लागि निकालेको विज्ञापनमा संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई नमानेको आरोप लगाएका हुन् ।

संविधानमा व्यवस्था गरिएको आदिवासी जनजातिको अधिकारलाई राज्यको माथिल्लो तहले कार्यान्वयन नगरे पनि स्थानीय सरकार उनीहरुको भाषा कला र संस्कृतिको संरक्षण र विकासमा लागिपरेको उनले बताए । उनले रतुवामाई नगरपालिका आदिवासी जनजातिहरुको भेषभुषा, भाषा तथा संस्कृतिको विकास र संरक्षणमा नगरपालिकाले समन्वय गरेर अघि बढिरहेको बताए ।

संयुक्त राष्ट्र संघको घोषणाअनुसार हरेक वर्ष ९ अगस्टमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । नेपालमा पनि शुक्रबार ‘आदिवासीका भाषाहरू’ नारासहित विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको छ ।

प्रकाशित समय ०७:५० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु