fbpx
Nepal Mediciti

गृहपृष्ठ छुटेका योजना समेट्ने आश्वासनपछि वडाध्यक्षहरूको आन्दोलन टुंगियो

छुटेका योजना समेट्ने आश्वासनपछि वडाध्यक्षहरूको आन्दोलन टुंगियो

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले असन्तुष्ट वडाध्यक्षहरूसँग वर्ता गरेपछि आन्दोलन टुंगिएको  छ । शुक्रबार बिहान मेयर जिसीसँग कांग्रेसी वडाध्यक्षहरूले मागका विषयमा कुरा राखेपछि मेयरले महत्वपूर्ण योजनाहरू छुट भएको भए पुनः वडामा बैठक राखेर ल्याउन आग्रह गरेसँगै आन्दोलन टुंगिएको कांग्रेसका सचेतक तथा वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेले बताए ।

मेयर जिसीले योजना माग्न आउने विषयमा कांग्रेसी वडाध्यक्षहरूले नगरसभामा रातो किताब च्यातेकाले गर्दा आफूले आवेशमा आएर केही बोलिएको हुन सक्ने प्रतिक्रिया दिएको बताइन्छ । बिहान करिब १०ः३० बजे मेयर जिसी कार्यालय आउँदा कांग्रेस समर्थक वडाध्यक्षहरूले बिहीबार झैं मूल गेटमा नारावाजी गरेपछि उनले वडाध्यक्षहरूलाई वार्ता बोलाए । मेयरले चसो दिएपछि कांग्रेस वडाध्यक्षहरूले मेयर जिसीकै रोहवरमा ताला खोलेर वार्तामा बसेका हुन् ।

दुबै पक्षबाट बजेटको असमान वितरण भएको विषयमा करिब ३० मिनेटजति छलफल भएपछि कुनै वडामा महत्वपूर्ण योजनाहरू छुटेका भए प्रथामिकताका आधारमा समेट्ने आश्वासन मेयरले दिएपछि वार्ता निष्कर्षमा पुगेको वडा नम्बर १० का वडाध्यक्ष राजकुमार गुरुङले बताए ।

नेपाली कांगे्रस समर्थक वडाध्यक्षहरूले विहीबारै पोखरा महानगरपालिका कार्यालयकोे शुक्रबारको सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएसँगै मेयर जिसीले शुक्रबार ८ बजे पत्रकर सम्मेलन गरी वडा अध्यक्षहरूले भने जस्तो असमान बजेट वितरण नभएको प्रस्ट पार्दै ताला खोलेर वार्तामा आउन आह्वान गरेका थिए ।

‘म यो मेयरको कुर्सीमा बसेदेखि कुनै पार्टीका लागि भनेर कसैलाई महत्व दिएर बजेट बढी विनियोजन गरेको छैन, प्रथामिकताका महत्वपूर्ण योजनाहरू छुटेको भए छलफल गरौं,’ उनले भने, ‘हामीले समेट्न सक्ने कुरामा महानगर तयार छ ।’

 

प्रकाशित समय १४:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु