fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ पोखरा महानगरको मूल गेटमा कांग्रेस वडा अध्यक्षहरुकोे ताला

पोखरा महानगरको मूल गेटमा कांग्रेस वडा अध्यक्षहरुकोे ताला

नेपाली कांग्रेसका वडा अध्यक्षहरुले बिहीबार पोखरा महानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

महानगरले आफूहरुको माग सम्बोधन नगरेको भन्दै वडा अध्यक्षहरुले तालाबन्दी गरी धर्नामा बसेका हुन् । उनीहरुले शुक्रबार सेवा ठप्प पार्ने चेतावनीसमेत दिएका छन् । बजेट विनियोजनमा विभेद गरेको उनीहरुको भनाइ छ । वार्तामा पनि नबोलाइएकाले महानगरको सम्पूर्ण सेवा ठप्प पार्न बाध्य भएको कांग्रेस सचेतक तथा ९ नम्बर वडाका अध्यक्ष रामराज लामिछानेले बताए ।

उनले भने ‘महानगरले कार्यपालिकामा छलफल नै नगरी हतारमा बजेट ल्यायो, ल्याएको बजेट क्षेत्र नम्बर दुई को उपनिर्वाचनलाई केन्द्रीत हुने गरी असमान ढंगले ल्याइएको छ, यो तत्काल सच्चिनु पर्छ ।’

महानगर प्रमुख मानबहादुर जिसीले भने सबै वडा अध्यक्षसँगको छलफलपछि बजेट ल्याइएको बताएका छन् । महानगरका ३३ मध्ये ११ मा कांग्रेसका वडा अध्यक्ष छन् ।

प्रकाशित समय ०७:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु