fbpx
Nepal Mediciti

गृहपृष्ठ ‘दिगो विकासका लागि जनचेतना’

‘दिगो विकासका लागि जनचेतना’

sustainable-developnent-janakpur-newskarobar

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता झाले तराई मधेसको विकास तीव्र गतिमा हुने बताएकी छन् । ओरेक नेपालले बुधबार आयोजना गरेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिगो विकास लक्ष्यसम्बन्धी सरोकारवालाहरुसँगको अन्तक्र्रियामा उपप्रमुख झाले दिगो विकासका लागि सबैको साथ र सहयोग हुनुपर्ने बताइन् ।

कार्यक्रममा सहभागी जमुना भुजेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि समुदाय र गैरसंरकारी संघ संस्थादेखि पालिकास्तरमा जनजागरण गरिनुपर्ने धारणा राखिन् । त्यस्तै, अधिकारकर्मी संयोगिता साहले दिगो विकासका लागि सर्वप्रथम जनस्तरमा चेतना बढाउने गरी कार्यक्रम गर्दै नीति, नियम ल्याउनुपर्ने विचार राखिन् ।

ओरेक नेपाल धनुषाका कार्यक्रम संयोजक रोजलिनसिंह बछारले दिगो विकासको लक्ष्य प्राप्तिका लागि पालिकास्तरमा जनचेतनामूलक कार्यक्रमको आवश्यकता औंल्याइन् । कार्यक्रममा महिला अधिकारकर्मी, सुरक्षा निकायका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, मानव अधिकारकर्मीलगायत ४० जनाको सहभागिता थियो ।

प्रकाशित समय ०७:२८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु