fbpx
Nepal Mediciti

गृहपृष्ठ कनकाई नगरपालिकामा विपन्न परिवारलाई धमाधम घर निर्माण

कनकाई नगरपालिकामा विपन्न परिवारलाई धमाधम घर निर्माण

मेयर आवास कार्यक्रमलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको व्यक्तिगत २ लाख सहयोग

kanakai-municipality-newskarobar

झापाको कनकाई नगरपालिकाका १७ अतिविपन्न परिवारले जेठभित्रै आफ्नो घर पाउने भएका छन् । घर बनाउन नसकेर वर्षौंदेखि सार्वजनिक जग्गामा छाप्रो बनाएर बस्दै आएका विपन्न परिवारका लागि मेयर आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले घर निर्माण गरिदिएको हो ।

कार्यक्रमको पहिलो चरणअन्तर्गत नगरपालिकाले वडा नम्बर ६, ७, ८ र ९ का १७ परिवारलाई घर हस्तान्तरण गर्ने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार घर भत्किएर आर्थिक अभावमा मर्मत गर्न नसकेका ४० परिवारको घर पनि नगरपालिकाले असारभित्रै मर्मत गरिसक्नेछ । वडा नम्बर ७ मा घर बनिसकेका छन् भने ९ नम्बरमा घर निर्माण सुरु गर्न आइतबार नगर प्रमुख पोखरेलले शिलान्यास गरिसकेका छन् ।

mayor-aawas-kanakai-newskarobar
कनकाई नगरपालिका-९, मा घर निर्माणका लागि शिलान्यास गर्दै नगर प्रमुख पोखरेल ।

आवास कार्यक्रम एक वर्षअघि नै सुरु गरिएको भए पनि केही कानुनी र केही प्राविधिक समस्या तथा उपभोक्ता छनोटमा समय लागेका घर निर्माणमा ढिलाइ भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पहिलो चरणमा २०५० सालअघिदेखि कनकाई नगरपालिकामा बस्दै आएका रैथाने र अतिविपन्न परिवारलाई लक्षित गरी घर बनाइरहेको छ । सम्बन्धित वडा कार्यालयको सिफारिसमा नगरपालिकाले घर निर्माण गरिदिएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

मेयर आवासअन्तर्गत प्राकृतिक विपत्तिमा परेर घरबारविहीन भएका र २०५० सालभन्दाअघि कनकाईमा बसोबास गर्ने परिवारलाई छनोटमा प्राथमिकता दिइएको कनकाई–९ का अध्यक्ष प्रेम राजवंशीले बताए । ‘सबै जटिलताको अन्त्य भइसकेकाले अब विपन्न परिवारका लागि धमाधम घर निर्माण हुनेछन्,’ उनले भने । नगरपालिकाले सम्बन्धित परिवारसँग सोधेर परम्परागत शैली र मौलिकता नमासिने गरी २ कोठे घर निर्माण गरिदिएको उनको भनाइ छ ।

कार्यक्रमअन्तर्गत पहिलो चरणमा वडा नम्बर ६ मा पाँच विपन्न परिवारलाई घर बनाएर हस्तान्तरण गरिने वडाध्यक्ष लक्ष्मी ओलीले जानकारी दिए । ‘नगरपालिकाले सुरुमा एकीकृत बस्तीको अवधारणा अघि सारेको भए पनि उपभोक्ताले असहज मानेपछि सम्बन्धित टोलमै जग्गा पहिचान गरी घर निर्माण गरिदिन लागेका छौं,’ उनले भने ।

 

नगर प्रमुखबाट व्यक्तिगत २ लाख सहयोग

नगरपालिकाले १७ वटा घर निर्माण र ४० वटा मर्मतका लागि १ करोड १० लाख बजेट विनियोजन गरेको छ । पहिलो चरणमा निर्माण हुने १७ घरका लागि ७० लाख तथा ४० वटा घर मर्मतका लागि ४० लाख रुपैयाँ बजेट छुट्याइएको नगर प्रमुख पोखरेलले जानकारी दिए । नगरपालिकाको मेयर आवास कार्यक्रमका लागि संघीय सरकारको तराई–मधेस समृद्धि कार्यक्रम र सहारा सहकारीमार्फत यूनएन ह्याबिट्याटले पनि आर्थिक सहयोग छ । यसबाहेक कार्यक्रमका लागि नगर प्रमुख पोखरेलले पनि व्यक्तिगत २ लाख रुपैयाँ सहयोग गरेका छन् ।

 

एक वर्षको तलब मजदुरलाई

rajendra-pokhrel-newskarobarनगर प्रमुख पोखरेलले आफ्नो एक वर्षको तलब स्थानीय मजदुरलाई दिएका छन् । १२९औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर उनले पहिलो वर्षको ३ लाख २५ हजार ४६० रुपैयाँ पारिश्रमिक मजदुर हितका लागि स्थापित मजदुर हितकोष मे १ का दिन जम्मा गरेका हुन् ।

यो पनि पढ्नुहोस्

कनकाई नगर प्रमुख र उपप्रमुख सामाजिक सेवामा सक्रिय

प्रकाशित समय १२:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु