fbpx
Nepal Mediciti

गृहपृष्ठ स्थानीय तहले स्थायी कर्मचारी भर्ना लिन नपाउने

स्थानीय तहले स्थायी कर्मचारी भर्ना लिन नपाउने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थायी कर्मचारी भर्ना नलिन स्थानीय तहलाई निर्देशन दिएको छ ।

बिहीबारको मन्त्रीस्तरको बैठकले कानूनअनुसार स्थानीय तहले स्थायी कर्मचारी भर्ना गर्न नपाउने भएकाले स्थायी पदपूर्ति नगर्न निर्देशन दिएको हो । कर्मचारी अभावले सेवा प्रवाहमा कठिनाइ भएकाले केही स्थानीय तहले विज्ञापन गरी भर्ना प्रक्रिया अगाडि बढाएका छन् । जसलाई मन्त्रालयले रोक्न निर्देशन दिएको छ ।

स्थानीय तहबाट रिक्त पदका लागि स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाउने व्यवस्था प्रचलित कानूनमा नभएकाले स्थानीय तहले स्थायी पदपूर्तिका लागि सूचनारविज्ञापन गरेको भए सो समेत बदर गर्ने मन्त्रालयको निर्णय छ । रिक्त कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउनेसमेत निर्णय भएको मन्त्रालयले जनाएको छ ।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ को दफा ८६ को उपदफा ३ अनुसार स्थानीय सेवाको स्थायी दरबन्दीको पदमा प्रदेश लोकसेवा आयोगले छनौट गरी सिफारिस गरेको उम्मेदवारलाई मात्र नियुक्ति गर्नुपर्ने छ ।

प्रकाशित समय ०७:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु