गृहपृष्ठ युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित भएका छन् । निर्वाचन आयोगले शनिबार मुसेभेनीलाई युगान्डाको राष्ट्रपति निर्वाचित भएको घोषणा गरेको हो ।

आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणामअनुसार मुसेभेनीले खसेको कुल मतको ५८.६४ प्रतिशत प्राप्त गरेको जानकारी दिए ।

निकटतम प्रतिद्वन्द्वी बोबी वाइन भनिने रोबर्ट क्यागुल्यानीले ३४.८३ प्रतिशत मत पाएका छन् । राष्ट्रपतिमा तेस्रो स्थानमा प्रजातान्त्रिक परिवर्तन पार्टीका नेता तथा विपक्षी नेता प्याट्रिक अमुरियटले ३.२४ प्रतिशत मत प्राप्त गरेको आयोगले जनाएको छ ।

सन् १९८६ देखि युगान्डाको सत्तामा रहँदै आएका मुसेभेनीको जितले उनको शासनलाई अर्को पाँच वर्षका लागि वैधानिकता दिएको छ ।

प्रकाशित समय ०७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु