fbpx
corona information

गृहपृष्ठ चीनमा ११५ जनामा कोरोनाका नयाँ संक्रमित भेटिए

चीनमा ११५ जनामा कोरोनाका नयाँ संक्रमित भेटिए

चीनमा कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन् । चीन भित्रै संक्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको मंगलबार जानकारी दिइएको हो ।

चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार चीनमा मंगलबार ११५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये १०७ जना चीन भित्रैका नागरिकमा पाइएको हो । यहाँका स्थानीय नागरिकहरुबाटै १०७ जना व्यक्ति संक्रमित भएका पाइएको समाचारमा जनाइएको छ । चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

बुधबार दिइएको जानकारीमा चिनियाँ स्वास्थ्य अधिकारीहरुले मंगलबार भेटिएका ११५ संक्रमितमध्ये १०७ जना स्थानीय स्तरमै आपसमा संक्रमित भएको पाइएको र अरु विदेशबाट आएका हुन् । चीनले निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।

मंगलबार भेटिएका स्वदेशी संक्रमितहरुमध्ये ९० जना उत्तरी चीनको हुबे प्रान्तका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको बताइएको छ । (एजेन्सी)

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु