fbpx
corona information

गृहपृष्ठ भारतको नयाँ दिल्लीको वायु ‘अति प्रदूषित’, आनन्द विहारमा ‘अति घातक’नजिक

भारतको नयाँ दिल्लीको वायु ‘अति प्रदूषित’, आनन्द विहारमा ‘अति घातक’नजिक

भारतको नयाँ दिल्लीको वायु अति प्रदूषित अवस्थामा पुगेको छ । दिल्ली प्रदूषण नियन्त्रण समितिले मंगलबार दिएको जानकारीअनुसार नयाँदिल्लीको वायुमण्डलमा प्रदूषणको अवस्था दिनप्रतिदिन बढ्दै गएको देखिएको छ ।

रोहिणीमा ३४६, आरके पुराममा ३२९, आनन्द विहारमा ३७७ र मुड्कामा ३६३ वायु गुणस्तर सूचक रहेको समितिले जनाएको छ । यो सूचकले चारवटै ठाउँको अवस्था अति प्रदूषित देखाएको अधिकारीहरुले जनाएका छन् ।

वायु गुणस्तर सूचक शून्यदेखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म प्रदूषित, ३०१ देखि ४०० सम्म अति प्रदूषित र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले पनि नयाँ दिल्लीको प्रदूषण नराम्रो दिशातर्फ बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । प्रदूषण चिन्ताजक अवस्थामा पुग्न थालेपछि दिल्ली प्रदेश सरकारका वातावरणमन्त्री गोपाल राईले प्रदूषण न्यूनीकरणका लागि राजधानी क्षेत्रमा चेतनामूलक कार्यक्रम तत्काल सुरु गरिने घोषणा गरेका छन् ।

सरकारी अधिकारीहरुले गत शनिबार पनि नयाँ दिल्लीको प्रदूषणको अवस्था नराम्रो हुँदै गएको जानकारी दिएका थिए । उनीहरुले त्यतिबेला नै वायु प्रदूषणको अवस्थामा आगामी दुई दिन अझ वृद्धि हुने पूर्वानुमान गरेका थिए । उनीहरुका अनुसार नयाँ दिल्लीमा विशेष गरेर शनिबारको दिन र बेलुकाको समयमा अरु बेलाभन्दा बढी वायु प्रदूषण हुने गरेको छ ।

नयाँ दिल्ली विश्वकै धेरै प्रदूषित सहरमा पर्छ । प्रदूषित वायुका कारण नयाँ दिल्लीको मौसम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको विज्ञहरूले बताएका छन् ।

प्रकाशित समय १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु