fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ सहमति कार्यान्वयनबारे भारत र श्रीलंकाबीच छलफल

सहमति कार्यान्वयनबारे भारत र श्रीलंकाबीच छलफल

भारत र श्रीलंका बीचमा विगतमा भएका सहमती कार्यान्वयनका बारेमा छलफल भएको छ । श्रीलंकाका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले शनिबार श्रीलंकाका विदेशमन्त्री दिनेश गुनावार्डेनालाई भेटेर विगतका सहमति कार्यान्वयनका बारेमा कुराकानी गरेका छन्।

उनीहरुका बीचमा विषेश गरेर गत महिना दुई देशका प्रधानमन्त्रीका बीचमा भएको भर्चुअल बैठकमा भएको सहमतिका विषयमा छलफल भएको थियो । ‘श्रीलंका लागि भारतीय उच्च आयुक्तले श्रीलंकाका विदेश मन्त्रीलाई आज भेट्नु भएको छ, उहाँहरु बीचको छलफल उपलब्धिमुलक भएको छ,’ भारतीय उच्च आयुक्तको आधिकारीक ट्वीटर हेन्डलमा शनिबार लेखिएको छ ।

भारतीय उच्च आयुक्तले यसअघि गत बिहीबार श्रीलंकाका उर्जा मन्त्री उदय गम्मान्पीलासँग उर्जा सुरक्षा प्रवर्द्धनका बारेमा छलफल गरेका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजापाक्षका बीचमा गत महिना भर्चुअल शिखर बैठक भएको थियो । बैठकमा एक अर्काका बीचमा सहयोग आदान प्रदान, सहकार्य र आपसी सम्वन्ध सुधार लगायतका विषयमा सहमति भएको थियो ।

प्रकाशित समय १६:०८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु