fbpx
corona information

गृहपृष्ठ अफगान शान्ति वार्ताका प्रमुखद्वारा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता

अफगान शान्ति वार्ताका प्रमुखद्वारा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता

अफगानिस्तानको सरकार र यहाँ हिंसा गरिरहेका तालिबान सशस्त्र विद्रोहीहरुका बीचमा हाल जारी रहेको भनिएको शान्ति वार्ताका मध्यस्थकर्ता अब्दुल्लाह अब्दुल्लाहले बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

उनले यस भेटका क्रममा उक्त शान्ति वार्ताप्रति भारतको थप प्रतिबद्धताको याचना गरेको बताइएको छ । बताइएअनुसार उनी बुधबार भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् । सो कुरा भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जानकारी दिएका हुन् । उनले आफ्नो ट्वीट अकाउन्टमा लेखेका हुन् ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आफ्नो ट्वीट अकाउन्टमा लेखेका छन्, अफगानिस्तानको वर्तमान वार्ता टोलीका प्रमुख मध्यस्थकर्ता अब्दुल्लाह अब्दुल्लाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

सो भेटका क्रममा अब्दुल्लाहले हाल जारी रहेको भनिएको अफगानिस्तान सरकार र तालिबानीहरुका बीचको शान्ति वार्तामा भारतका तर्फबाट पनि प्रतिबद्धता खोज्नुभएको प्रवक्ता श्रीवास्तवले जानकारी दिएका छन् । प्रमुख मध्यस्थकर्ता अब्दुल्लाहले बुधबार नै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग पनि भेटवार्ता गर्नुभएको थियो । सो कुराको जानकारी पनि प्रवक्ता श्रीवास्तवले आज नै ट्वीटमार्फत् गराएका हुन् ।

बुधबार राष्ट्रिय सुरक्षा सल्लाहकार दोभालसँगको भेट राम्रो भएको उनले आजका भारीय सञ्चारमाध्यमहरुलाई बताएका थिए । त्यस्तै आज प्रधानमन्त्री मोदीसँगको भेटवार्ता पनि अफगान शान्ति वार्तामा केन्द्रित भएको र सो शान्ति वार्तालाई के कसरी सफल बनाउने भन्ने बारेमा नै सो भेटवार्ता केन्द्रित भएको उनले बताए ।

केही हप्तायतादेखि कतारको दोहामा अफगानिस्तानमा शान्ति स्थापनाका लागि अफगान सरकार र त्यहाँ हिंसा गरिरहेका तालिबानी लडाकूका प्रतिनिधिहरुबीच वार्ता जारी रहेको बताइएको छ । सोही वार्तामा भारतको सहमति जुटाउनका लागि अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहेका अब्दुल्लाह अब्दुल्लाह आज भारतको भ्रमणमा गएका हुन् ।

प्रकाशित समय १८:२० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु