गृहपृष्ठ अमेरिकामा डढेलोका कारण २७ जनाको ज्यान गयो

अमेरिकामा डढेलोका कारण २७ जनाको ज्यान गयो

अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्नियाको भ्रमण गरी आपतकालीन सेवा प्रदायक निकायका अधिकारीलाई भेटी डढेलोबाट भएको क्षतिबारे जानकारी लिने छन् ।

डढेलोको प्रभाव क्यालिफोर्निया, ओरेगोन र वासिङ्टन वरपरका धेरै क्षेत्रमा डढेलो अझै फैलिने चेतावनी अमेरिकी अधिकारीले दिएका छन् । ओरेगोन विगत २४ घण्टामा चार र यो सातामा कूल १९ जनाको डढेलोका कारण मृत्यु भएपछि सरकारले विमानको सहायतामा विभिन्न जंगल क्षेत्रमा करिब २० हजार थप अग्निनियन्त्रकलाई खसालेको छ ।

क्यालिफोर्नियामा करिब चारमहिने तातो तथा सुख्खा मौसम आउनुपूर्व नै अघिल्ला वर्षहरूको तुलनामा धेरै क्षेत्रमा डढेलोको प्रभाब देखिएको छ । अमेरिकी राज्यहरूमा लागेका दुई ठूला डढेलोले आइतबारसम्ममा करिब २० करोड हेक्टर अर्थात् न्यू जर्सी राज्यको क्षेत्रफल बराबर क्षेत्र विनास गरेको अधिकारीहरूले बताएका छन् ।

डढेलो प्रभावित क्षेत्रमा उद्धारकर्मीले हृदयविदारक घटनाहरू देख्ने गरेको बताएका छन् । शनिबार एउटा कारमा डढेलोबाट बच्न भाग्दैगर्दा तातो सडकले टाएर पग्लिएपछि एउटा कुकुरलाई काखमा राखेकै अवस्थामा एक १४ वर्षीय बालकको मृत्यु भएको घटना सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो ।

अरेगोनका गभर्नर केट ब्राउनले भने, ‘उत्तरपश्चिमी अमेरिकी राज्यमा फैलिएको डढेलोका कारण दर्जनौं मानिस हराइरहेका बताएका छन् । दशौं हजार आफ्नो घर छोड्न बाध्य भएका छन् ।’

राज्यको आपतकालीन व्यवस्थापन निर्देशक एन्ड्र्यू फेल्प्सलेका अनुसार उद्धारकर्मीहरूले ठूलो संख्यामा डढेलोका कारण मृत्यु भएका हुनसक्ने विवरण दिएका बताए । अधिकारीहरूले प्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षितस्थलतर्फ जान आग्रह गरेका छन् भने उक्त स्थलमा हजारौँ संरचनाहरू आगोले विनास गरेको बताएका छन् ।

ब्राउनले भने, ‘डढेलोका कारण ४० हजार ओरेगोनियालीलाई घरबाट सुरक्षित स्थलमा सारिएको छ । साथै करिब पाँचलाख व्यक्तिहरू डढेलोका कारण असुरक्षित रहेका छन् । उनीहरूलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको छ ।’

मौसममा देखिएको परिवर्तनका कारण ओरेगोनमा लागेको विशाल डढेलोलाई निभाउने प्रयासमा अग्निनियन्त्रक अधिकारीहरूलाई राहत मिलेको बताइएको छ । सयौं अग्निनियन्त्रक समूहले दुई ठूला डढेलो नियन्त्रणका लागि अनवरत संघर्ष गरिरहेका बताइएको छ ।

दुई चार दिन मौसममा केही चीसोपन आउँदा अग्नि नियन्त्रणका लागि खटिएका अधिकारीले राहत महशुुस गरेको बताउँदै आएका भएपनि सोमबारदेखि मौसम प्रतिकुल हुने खबरले गर्दा डढेलो नियन्त्रणका लागि थप केही समय लाग्ने अनुमान गर्न थालिएको छ ।

राष्ट्रपतीय निर्वाचन अभियान, डढेलो र मौसम परिवर्तनको चर्चा

अमेरिकी राष्ट्रपति तथा आगामी निर्वाचनमा समेत राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले सोमबार क्यालिफोर्नियाको प्रभावित क्षेत्रको हवाई निरीक्षण गरी आपतकालीन सेवा प्रमुखहरूसँग नियन्त्रण प्रयासबारे जानकारी लिनुहुने राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही हप्ता भएका चुनावी अभियानमा डढेलोबारे खासै चर्चा नगरेपनि शनिबार पश्चिमी राज्य नेभाडाको अभियानमा डढेलोको क्षेत्रबारे चर्चा गरेका थिए । ‘उनीहरूसँग यस्तो कुनै कुरा थिएन,” ट्रम्पले शनिबार भने । ‘एकदम सरल कुरा जंगलको व्यवस्थापन हो । कृपया यस शब्दलाई याद गर्नुहोस् ।’

राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो वाइडेनले डढेलोलाई जलवायु परिवर्तनसँग जोडेर सरकारले जलवायुको मुद्दासँग जोडेका छन् । बाइडेनले डढेलो र विनासबारे भने, ‘विज्ञान स्पष्ट छ र यी जस्ता घातक संकेतहरूलाई भूलबस पनि व्यवस्थापनमा त्रुटी गर्नु हुन्न । जलवायु परिवर्तनले महत्वपूर्ण र अस्थित्वगत जीवनशैलीलाई खतरा सिर्जना गरेको छ ।’

वाइडेनले भने, ‘ट्रम्पले जलवायु परिवर्तन चर्चा वेकारको अफवाह भन्दै आएका राष्ट्रपति ट्रम्पले यस वास्तविकतालाई अस्वीकार गर्ने प्रयास गरेका छन् तर, तथ्यहरूले जलवायु परिवर्तनको एनेन्डालाई स्वीकार गर्दै अघि बढ्न अनिवार्य शर्त भएको देखाएका छन् ।’

वायुको अन्तर्राष्ट्रिय गुणस्तरको लेखाजोखा राख्ने स्वीडेनी एक प्रविधि कम्पनी, आइक्युएयरले शनिबार र अति वायु प्रदूषण भएका विश्वका पाँच शहरहरू पश्चिमी तटीय क्षेत्रमा रहेका अमेरिकी लस एन्जेल्सदेखि क्यानाडाको भ्यानकुवर क्षेत्रमा सिमित रहेको बताएको छ । (एजेन्सी)

प्रकाशित समय १५:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु