fbpx
corona information

गृहपृष्ठ अफगानिस्तानी राष्ट्रपतिका सल्लाहकारको कोरोनाबाट मृत्यु

अफगानिस्तानी राष्ट्रपतिका सल्लाहकारको कोरोनाबाट मृत्यु

अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड- १९ संक्रमणका कारण मृत्यु भएको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई हालै कोरोनाभाइरस संक्रमण भएको र स्वदेशमा उपचार सम्भव नदेखिएपछि टर्की लगिएको थियो ।

अफगानिस्तानमा गत फेब्रुअरीमा पहिलो पटक कोभिड- १९ संक्रमण पुष्टि भएको र शनिबारसम्ममा ३२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । अफगानिस्तानमा कोभिड- १९ संक्रमणका कारण ८१९ व्यक्तिको मृत्यु भएकोे छ ।

प्रकाशित समय १४:४९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु