गृहपृष्ठ अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या घट्यो

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या घट्यो

american_flag

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या घट्दै आएको छ । केही समयमै तीन हजारभन्दा बढी दैनिक रुपमा नागरिक गुमाउदै आएको अमेरिकामा केही दिन यता भने घट्दै आएको देखिन्छ ।

आइतबार एक हजारको हाराहारीमा ज्यान गुमाएको अमेरिकामा आज साढे ८६५ जनाले ज्यान गुमाएका छन् । वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकामा १५ लाख २७ हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ भने ९० हजार ९७८ जनाले ज्यान गुमाइसकेका छन् ।

गएको २४ घण्टामा मात्रै अमेरिकामा १९ हजार ८९१ जना संक्रमित थपिए भने ८६५ जनाले ज्यान गुमाएको तथ्यांकले देखाएको छ । कूल संक्रमितमध्ये तीन लाख ४६ हजार ३८९ जनाको सफल उपचार भइसकेको छ भने १० लाख ९० हजार २९७ जना उपचाररत छन् । त्यस्तै १६ हजार ३५५ जनाको अवस्था भने गम्भीर देखिएको स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित समय ०८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु