fbpx
corona information

गृहपृष्ठ भारतमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो, १०९ जनाले ज्यान गुमाए

भारतमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो, १०९ जनाले ज्यान गुमाए

पछिल्लो १२ घन्टाभित्र ४९० जनामा संक्रमण

भारतीय उड्डयनमन्त्री हर्दिप सिंह पुरी स्वास्थ्य जाँच गराउँदै ।

भारतमा पछिल्ला केही दिनमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । यससँगै भारतमा सोमबार बिहानसम्म ४ हजार ६७ जनामा संक्रमण भएकाे बताइएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअुनसार यहाँ पछिल्लो १२ घन्टामा कम्तीमा पनि ४९० जनामा संक्रमण देखिएको छ । साथै भारतमा कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । सोमबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या १०९ पुगेको सो मन्त्रालयले जानकारी दिएको छ ।

यी संक्रमितहरूमध्ये उपचारको क्रममा २९२ जना भने उपचार गरी घर फर्किएका छन् । अरु ३ हजार ६६६ जना भने उपचाररत रहेका छन् । उनीहरु केही अस्पताल त केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका छन् ।

भारतमा विस्तारै यसको प्रकोप बढ्न थालेको महसुस गरिएको छ । भारतका अरु राज्यको तुलनामा महाराष्ट्रमा यसका संक्रमितहरू बढेको देखिएको छ । महाराष्ट्रमा मात्र ६९० जना संक्रमित भेटिएका समाचारमा जनाइएको छ । त्यसैगरी त्यसपछि सबैभन्दा धेरै बिरामी तामिलनाडुमा छन् । त्यहाँ ५७१ जना बिरामी छन् भने नयाँ दिल्लीमा ५०३ जना बिरामी रहेका छन् ।

भारतमा दुई हप्तायता देशैभर लकडाउनको घोषणा गरिएको छ । जसका कारण त्यहाँको जनजीवन निकै प्रभावित भएको बताइएको छ । तर दिन प्रतिदिन नयाँ संक्रमितहरु थपिँदै जान थालेपछि भने यो लकडाउनको अवधि पनि थप लम्ब्याउन सकिने बताइएको छ । (रासस)

प्रकाशित समय १५:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु