fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ कोरोना भाइरस : ९७ वर्षीया महिला भइन् संक्रमण मुक्त

कोरोना भाइरस : ९७ वर्षीया महिला भइन् संक्रमण मुक्त

दक्षिण कोरियामा एक ९७ वर्षीया महिला कोरोना भाइरस संक्रमणबाट मुक्त भएको समाचार संस्था योन्हाप न्यूजले जनाएको छ ।

ती महिलाबारे थप जानकारी दिइएको छैन, तर यसलाई वृद्धवृद्धाको हकमा झन् घातक मानिएको कोरोना भाइरसविरुद्धको सकारात्मक समाचार भनिएको छ । उनी कोभिड १९ रोगबाट निको हुने सबैभन्दा वृद्ध व्यक्ति बनेकी छन् । यसअघि चीनले मार्चमा १०० वर्षीय पुरुष कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएको बताएको थियो ।

जापानको राजधानी टोक्योका अधिकारीहरूले शहरवासीहरूलाई सप्ताहान्तमा घरभित्रै बस्न आग्रह गर्दै त्यहाँ संक्रमण ह्वात्तै बढ्न सक्ने चेतावनी दिएका छन् ।

बुधवार ४१ नयाँ संक्रमण पुष्टि भए पनि टोक्योमा अन्य ठूला शहरमा जस्तो प्रतिबन्धहरू लागेका छैनन् । तर गर्भनर युरिको कोइके भन्छिन्, हामी सबैजनालाई कुनै पनि अवस्थामा अत्यावश्यक नभई यो साता घरबाहिर ननिस्कन अनुरोध गर्छौँ ।

उनले सबैलाई घरैबाट काम गर्न र राति पनि ननिस्कन आग्रह गरिन् । जापानमा १ हजार २०० जनामा संक्रमण देखिएको छ भने ४३ जनाको मृत्यु भइसकेको छ ।

दक्षिण एसियामा के भइरहेको छ ?

भारतमा बिहीवार २१ दिने लकडाउनको दोस्रो दिन हो । त्यहाँ ५५० जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको र १० जनाको मृत्यु भइसकेको छ ।

पाकिस्तान दक्षिण एसियाकै सबैभन्दा बढी संक्रमण भएको देश हो । त्यहाँ १ हजार जनाभन्दा बढीमा संक्रमण देखिएको छ जसमध्ये चार सय सिन्ध प्रान्तमा रहेको छ । बंगलादेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

संक्रमितहरूको संख्या ३९ पुगेको छ । तर गत २४ घण्टामा त्यहाँ आन्तरिक उडान र सार्वजनिक यातायात बन्द गरेपछि नयाँ संक्रमित भेटिएका छैनन् । श्रीलंकामा बुधवार संक्रमितको संख्या १०२ पुगेको छ र त्यहाँ अनिश्चितकालीन कर्फ्यु कायम छ । (बीबीसीबाट)

प्रकाशित समय १५:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु