fbpx
corona information

गृहपृष्ठ बेलायती राजकुमारलाई पनि कोरोनाको संक्रमण

बेलायती राजकुमारलाई पनि कोरोनाको संक्रमण

बेलायती राजकुमार चार्ल्सलाई कोरोनाभाइरसको संक्रमण रहेको पुष्टि भएको छ । उनको निजी सचिवालयले दिएको जानकारी अनुसार कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण भइसकेको पुष्टि भएको हो ।

उनकी ७२ वर्षीय पत्नी डचिस अफ कोर्न्वल, कमिललाई भने संक्रमण नदेखिएको अधिकारीहरूले बताएका छन् । संक्रमण पुष्टि भएसगैँ ७१ वर्षीय राजकुमार चार्ल्स स्कटलेण्डस्थित राजदरबारमै ‘आइसोलेसन’मा बसेका छन् ।

सचिवालयले भनेको छ, ‘उहाँलाई सामान्य लक्षणहरू देखिए पनि स्वास्थ्य अवस्था भने राम्रो नै रहेको छ, उहाँले एक्लै बसेर अरुबेला जस्तै आफ्ना कामहरु नियमित गर्दै आउनुभएको छ ।’  चिकित्सकहरूले पनि ७१ वर्षीय राजकुमार चार्ल्सको बारेमा धेरै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

चार्ल्स र कमिल दुवैजना अहिले स्कटल्यान्डस्थित ‘ब्यालमर क्यासल’ (दरबार) मा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ ।

केही हप्तायता उनस् धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएकाले ‘कसबाट राजकुमारमा भाइरस सर्‍यो त्यो पत्ता लगाउन सम्भव’ नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख गरिएको छ । (रासस)

प्रकाशित समय २०:२३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु