fbpx
corona information

गृहपृष्ठ ‘कोरोनाबाट बच्न रक्सी पिउँदा’ इरानमा २७ जनाको मृत्यु

‘कोरोनाबाट बच्न रक्सी पिउँदा’ इरानमा २७ जनाको मृत्यु

कोरोनाभाइरसको संक्रमणबाट बच्न रक्सी पिउँदा इरानमा २७ जनाले ज्यान गुमाएका छन् । इरानमा व्यापक बन्दै गएको कोरोना संक्रमबाट बच्न गैरकानुनी रूपमा बनाइएको रक्सी पिउँदा मेथानोल विषको असरका कारण उनीहरूको मृत्यु भएको हो ।

इरानमा कोरोना संक्रमण तीव्र गतिले फैलिँदै गएको । रक्सीको सेवन गर्दा कोरोना संक्रमणबाट बच्न सकिने गलत हल्ला पनि डरलाग्दो गरी फैलिरहेको छ । त्यही हल्लाको विश्वास गरेर उनीहरूले रक्सी पिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानको खुजेस्तानको राजधानी अहभाजस्थित जन्डिसापुर मेडिकल युनिभर्सिटीका प्रवक्ताका अनुसार रक्सी पिएका कारण बिरामी भएका २१८ जनालाई अस्पताल भर्ना गरिएको छ । अल्पसंख्यक केही गैरमुस्लिम समुदायका मानिसले बाहेक इरानमा रक्सी पिउन प्रतिबन्ध छ ।

प्रकाशित समय ०७:४९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु