fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ टर्कीमा आएको भूकम्पमा परी ७ को मृत्यु

टर्कीमा आएको भूकम्पमा परी ७ को मृत्यु

टर्कीमा आएको भूकम्पमा परी आइतबार कम्तीमा सात जनाको मृत्यु भएको छ । टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुले दिएको जानकारीअनुसार मृत्यु भएकामध्ये तीन जना बालबालिका रहेका छन् ।

भूकम्पका कारण अरु पाँच जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि उनले बताए । उनले भूकम्पपछि भत्किएका भौतीक संरचनामा अरु केही व्यक्ति पुरिएको हुनसक्ने आशंका गरिएको पनि जानकारी दिए । पुरिएकाको खोजीकार्य भइरहेको पनि उनले बताए ।

छिमेकी मुलुक इरानसँग सिमाना जोडिएको टर्कीको पूर्वी क्षेत्रमा पर्ने सराएलाई केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्भेले आइतबार बिहान भूकम्प गएको जनाएको छ ।

उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको थियो ।
–––

प्रकाशित समय १८:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु