fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ कोरोना भाइरसको खोप बनाउन १ करोड ४४ लाख डलर अनुदान

कोरोना भाइरसको खोप बनाउन १ करोड ४४ लाख डलर अनुदान

चीनको हुबेई प्रान्तस्थित वुहान विश्वविद्यालयको झोंगनान अस्पतालका मेडिकल कर्मचारीहरू ।

अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ ।

यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गरिने फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका संस्थापक ज्याक मा ले खोप निर्माण गरी ठूलो संख्यामा वितरण गर्नु चुनौतीपूर्ण रहे पनि फाउन्डेसनले मानवीय सहयोग गर्न चाहेको बताए । उनले आफ्नो फाउन्डेसनले भाइरसविरुद्ध लड्ने किसिमका खोपहरुको निर्माण र वितरणमा थप लगानी बढाउने पनि बताए ।

अलिबाबा समूहले कोरोना भाइरससँग जुधिरहेको चीन सरकारलाई चिकित्सा सेवामा सघाउन एक अर्ब चिनियाँ युयान उपलब्ध गराउने घोषणा गरिसकेको छ । (रासस)

प्रकाशित समय १३:५० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु