fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ चलाउन नसकेपछि ८ अर्ब डलर घाटामा रहेको एयर इन्डिया बेच्दै मोदी सरकार

चलाउन नसकेपछि ८ अर्ब डलर घाटामा रहेको एयर इन्डिया बेच्दै मोदी सरकार

राष्ट्रिय ध्वजाबाहक बिमान सेवा एयर इन्डिया चलाउन नसकेपछि भारत सरकारले बेच्ने योजना बनाएको छ । कम्पनी खस्कँदै गएपछि सम्पूर्ण सेयर बिक्री गर्ने योजना मोदी सरकारले सार्वजनिक गरेको हो । भारतको आर्थिक मन्दीसँगै राजस्व संकलनमा प्रभाव पर्न थालेको भन्दै कम्पनीमा थप पुँजी लगानी नगर्ने नसकिने भारत सरकारले बताएको छ ।

भारतले गत वर्ष नै कम्पनीको आंशिक सेयर बिक्री गर्ने योजना सार्वजनिक गरेर प्रस्ताव माग गरेको थियो । तर कुनै पनि समूहले कम्पनी खरिद गर्न इच्छा देखाएका थिएनन् । यसपटक भने सम्पूर्ण सेयर बिक्री गर्ने योजना अघि सारिएको छ ।

एयर इन्डियाले स्वदेश र विदेशका धेरै गन्तव्यमा उडान गरिरहेको छ । तर विगत दशकमा कम्पनीको आम्दानीमा व्यापक गिरावट आएपछि सरकारले हरेक वर्ष लगानी गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । अहिले कम्पनीलाई आठ अर्ब अमेरिकी डलर ऋणभार छ ।

प्रकाशित समय ०७:३३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु