fbpx
corona information

गृहपृष्ठ जलवायु परिवर्तनले साना जीव संकटमा

जलवायु परिवर्तनले साना जीव संकटमा

जलवायु परिवर्तनको असरले अस्ट्रेलियामा पाइने पिग्मी पोसम लोप हुने अवस्थामा पुगेको छ । अल्पाइन पहाडमा पाइने पिग्मीलाई शीतल रहेको तराई क्षेत्रमा ल्याएर लोप हुनबाट बचाउन सकिन्छ । अमरउजालाका अनुसार मुसाजस्तो देखिने पिग्मी मारसुपियस परिवारको एक सानो स्तनधारी जीव हो । ५ देखि १२ सेन्टिमिटर लामो यस प्राणीको तौल १० देखि ५० ग्रामका बीचमा हुन्छ ।

पिग्मी पोसमलाई सर्वहारी प्राणी मानिन्छ । यो जीव सामान्यतया फलफूल र बीउमा निर्भर रहन्छ । यस्ता साना स्तनधारी जीव अल्पाई क्षेत्रमा रहने भए पनि करिब २ हजार ५ सय पिग्मी अझै जंगलमा रहेको अनुमान गरिएको छ । मौसम परिवर्तका कारण यो प्रजाति संकटमा परेको छ ।

प्रकाशित समय ११:२८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु