fbpx

गृहपृष्ठ जापानमा आँधी : मृत्यु हुनेको संख्या ३७ पुग्यो, १७ अझै बेपत्ता

जापानमा आँधी : मृत्यु हुनेको संख्या ३७ पुग्यो, १७ अझै बेपत्ता

जापानमा आएको ‘हगिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ । १७ जना अझै बेपत्ता रहेको जापानी संञ्चारमाध्यमहरुले जनाएका छन् । १ सय ८९ जना घाइते छन् ।

दुई दिनदेखि आएको आँधीले जापानका अधिकांश स्थानमा मानवीय तथा भौतिक क्षति पुर्याएको छ । अहिलेसम्म आँधी रोकिने लक्षण देखिएको छैन ।

देशैभर भारी बर्षा हुने मौसम विभागको पूर्वअनुमानसँगै सामुन्द्रिक तटीय क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयवासीलाई सतर्क रहन सरकारले आग्रह गरेको छ । लाखौैँलाई सुरक्षित स्थानतर्फ सर्न उर्दी जारी गरिएको छ ।

Japan Asia Typhoon

आँधीले गर्दा जापानको जलमार्गका तटबन्ध भत्किएको र कैयन् स्थानमा सडकहरु पूर्ण रुपमा हिलो माटोले पुरिएका छन् । ती क्षेत्रका घरहरु दुईदेखि तीन मिटरसम्म पानीमा डुबेको जापानी सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ । आँधी प्रभावित क्षेत्रमा विद्युत तथा सञ्चार सेवासमेत अवरुद्ध छ ।

आँधी प्रभावितहरुका लागि राहत वितरणको कार्यलाई जापान सरकारले तीव्रता दिएको छ । उद्धार कार्यका लागि हजारौँको संख्यामा सेना खटाइएको छ ।

japan typhoon_news karobar

प्रकाशित समय १२:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु